1 month ago

पर्सा निर्वाचन क्षेत्र नम्बर 3 को (ख) प्रदेश्सभा सदस्य पदमा संघीय समाजवादी फोरम नेपाल र राष्ट्रिय जनता पार्टी नेपाल (राजपा)का संयुक्त उम्मेदवार प्रहलाद गिरी आफ्नो निकटम प्रतिद्वान्द्धि नेपाली कांग्रेसका जनार्धन सिंह क्षेत्रीलाई ९५ मतको झिनो मतान्तरले पराजित गर्दै निर्वाचित भएका छन्-।

1 month ago

प्रचण्डले पार्टी एकिकरणको सम्पूर्ण प्रकृया पुरा गरेर मात्रै सरकार बनाउने उल्लेख गरे । अबको प्रधानमन्त्री को बन्ने भन्नेबारे एमाले अध्यक्ष केपी ओली र आफुबीच कुनैपनि छलफल नभएको उनले प्रष्ट पारे ।

1 month ago

मतगणना जारी रहेका २१ मध्ये १२ स्थानमा वाम गठबन्धनको अग्रता रहेकाले दुई तिहाई निश्चित भएको हो । पछिल्लो परिणाम अनुसार नेकपा एमाले एक्लैले हालसम्म ७४ सिट जितेको छ ।

1 month ago

प्रतिनिधिसभा निर्वाचन अन्तर्गत १६५ मध्ये १०५ सिटको नतिजा सार्वजनिक भएको छ । ५८ निर्वाचन क्षेत्रमा अहिले मत गणना जारी छ ।

1 month ago

प्रतिनिधि सभा र प्रदेश सभा निर्वाचनको मत परिणाम अाउने क्रम अझै जारी छ । अहिले सम्म प्रतिनिधिसभा तर्फकाे ९१ स्थानकाे परिणाम सार्वजनिक भइसकेकाे छ ।

1 month ago

अहिलेसम्म प्राप्त विवरण अनुसार वाम गठबन्धनले सर्वाधिक प्रतिनिधि सभामा ३४ र प्रदेश सभामा ३३ स्थानमा विजय हासिल गरिसकेका छन् । कांग्रेसले प्रतिनिधि सभामा ५ र प्रदेशसभामा ६ स्थानमा मात्र विजय हासिल गरेको छ।

1 month ago

वीरगंज,२२ मंसिर पर्साको भर्खरै घोषित मतपरिणाम अनुसार प्रतिनिधी सभा क्षेत्र नम्बर १ मा संघीय समाजवादी फोरम नेपालले अग्रता लिएको छ ।

1 month ago

पर्सामा आज दिउँसो १ बजेदेखि मतगणना शुरु हुने भएको छ ।आज बिहान बसेको सर्वदलिय बैठकले दिउँसो १ बजेबाट मतगणना शुरु गर्ने निर्णय भएको मुख्य निर्वाचन अधिकृत नागेन्द्रलाल कर्णले जानकारि दिए ।

1 month ago

आज भईरहेको दोस्रो चरणको निर्वाचन अन्तर्गत ४५ जिल्लाको प्रतिनिधिसभा र प्रदेशसभाको निर्वाचनमा उम्मेदवारी दिएका विभिन्न राजनीतिक दलका केही उम्मेदवारले आफूलाई नै मतदान गर्न पाएनन् । मतदान गर्न नपाउनेहरूमा पूर्व प्रधानमन्त्रीदेखि वर्तमान उपप्रधानमन्त्री, मन्त्री र पार्टीका शीर्ष नेताहरूसम्म छन् ।

1 month ago

डाेटी जिल्लाको खापरमाण्डौँ आधारभूत विद्यालय मतदान केन्द्रमा मतदान गर्न जाने क्रममा एक महिलाको मृत्यु भएको छ । 

1 month ago

सर्लाहीमा नेपाली कांग्रेस र राजपा कार्यकर्ताहरुबीच झडप भएको छ । झडपमा एक महिलासहित तीन जना घाइते भएका छन् । एक जनाकाे अवस्था गम्भिर रहेकाे छ ।

1 month ago

प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचनविरूद्ध अभियानको आरोपमा राउतलाई पक्राउ गरिएको बताइएको छ ।

1 month ago

प्रतिनिधि र प्रदेशसभा निर्वाचनका लागि जिल्लाका चारवटै निर्वाचन क्षेत्रमा आज बिहान ७ बजेदेखि नै मतदान शुरु भएको पर्साका प्रमुख निर्वाचन अधिकृत नागेन्द्रलाल कर्णले जानकारी दिनुभयो ।  जिल्लाका सबै मतदानस्थलमा बिहानदेखि नै मतदान गर्न मतदाताको उल्लासपूर्ण सहभागिता रहेको कर्णले जानकारी दिनुभयो । 

1 month ago

आम निर्वाचन सुरु हुनासाथ देशका विभिन्न चुनाव क्षेत्रबाट शीर्षनेताहरुले मतदान गरेका छन् । प्रधानमन्त्री तथा नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवाले बिहीबारको निर्वाचनमा डडेल्धुराको गन्यापधुरा गाउँपालिकास्थित अशिग्राम मावि रुवाखोला मतदान केन्द्रबाट मतदान गरेका छन् ।

1 month ago

मतदान स्थल र त्यस वरपर सादा पोशाकका सुरक्षाकर्मी र तालिमप्राप्त कुकुर पनि परिचालित छन् । सादा पोशाकका सुरक्षाकर्मीले सूचना संकलन गरी सम्वन्धित निकायमा रिपोर्टिङ गर्नेछन् ।

1 month ago

सरकारले प्रदेशसभाको पहिलो बैठक बस्ने सम्भावित भवन र ठाउ छनोट शुरु गरेको छ ।

1 month ago

मधेसमा चुनावअघिको मौन अवधिलाई ‘कत्ल की रात’ भन्ने गरिन्छ । कत्ल अर्थात हत्या । चुनाव प्रचार प्रसारका क्रममा उम्मेदवार जतिसुकै बलियो देखिए पनि कत्ल की रातले नतिजा उलटफेर बनाउन सक्छ ।

1 month ago

नेपालको राजनीतिक वृतमा थोरै थारु नेताहरुको चर्चा परिचर्चा हुने गर्छ । त्यही थोरै नामहरुमध्ये अग्रपंक्तिमा आउने नाम हो लक्ष्मण थारु ।

1 month ago

काठमाडौं : दोस्रो चरणअन्तर्गत २१ मंसिरमा प्रदेश तथा प्रतिनिधिसभा निर्वाचन सम्पन्न भएसँगै केन्द्र र प्रदेशमा नयाँ जनप्रतिनिधि चुनिँदै छन्।

1 month ago

काठमाडाैँकाे बुढानिलकण्ठ स्थित चपलिमा अाज अायाेजित चुनावीसभामै बम विस्फाेट हुँदा थापा सहित ७ जना घाइते भएकाे उनका प्रेस सहयाेगि जीवन भण्डारीले बताए । नेता थापाकाे कान र ढाडमा चाेट लागेकाे छ ।

1 month ago

निर्वाचन विरोधी गतिविधिलाई राेक्न त्यस्ता काममा संलग्न हुनेलाई आवश्यक पर्दा गाेलीसम्म हान्न सक्ने अधिकार प्रहरीले पाएकाे छ । निर्वाचनका समयमा गम्भीर सुरक्षा खतरा देखिएमा सुरक्षाकर्मीले कडा कारवाही गर्ने भएकाे हाे ।

1 month ago

चुनाव नजिकिएसंगै राष्ट्रिय जनता पार्टीमा प्रवेश गर्नेको लर्को लागेको छ । राजपाको उद्गम थलोको रुपमा समेत रहेको वीरगंजमा अहिले दिनहुँ अन्य पार्टी परित्याग गरि राजपामा प्रवेश गर्नेको लर्को लागरको हो ।

1 month ago

दलहरुले मतपेटिका सुरक्षाको लागि आआफ्ना टोली खटाएका छन् । महिलालाई दिउँसो र पुरुषलाई रातिमा मतपेटिका कुर्ने जिम्मेवारी दिइएको छ । यसअघि दलका महिलाले पनि मतपेटिका कुर्न पाउनुपर्ने आवाज उठाएका थिए ।

1 month ago

गृह मन्त्रालयले बिहीबार विज्ञप्ति जारी गर्दै हजरत मुहम्मद सलल्लाहो अलैहे वोसल्लमको जन्मदिनका अवसरमा शुक्रबार बिदा दिने निर्णय गरेको हो ।

1 month ago

नेपाली कांग्रेसका सभापति एवं प्रधानमन्त्री शेर बहादुर देउवाले संविधान संशोधन गरी राष्ट्रपतिय शासन ल्याएर कम्युनिष्ट शासन गर्न बामपन्थि गठबन्धन बनेको बताउनुभएको छ । 

अन्तराष्ट्रिय

१३ सन्तानलाई चेन र तालाले बाँधेर राख्ने आमा बुवा पक्राउ

१३ सन्तानलाई चेन र तालाले बाँधेर राख्ने आमा बुवा पक्राउ


विचार/ब्लग

नेपाल प्रहरीको उदाउँदो किरण: सर्बेन्द्र खनालको आगामि यात्रा

श्रावन ०५ बिहीवार, हेटौंडा । गृह मन्त्रालयका बढुवा समितिले भर्खरै गरेको एस.एस.पि.को बढुवा सिफारीसमा १५ जना प्रतिस्पर्धीलाई उछिन्दै कार्यसम्पादनको आधारमा डि.आई.जि.को बढुवा सिफारीसमा १ नम्बरमा पर्न सफल हुनु भएको छ ।