पर्साका शिक्षकहरुको आन्दोलन फिर्ता

   
12   पटक पढिएको


फाल्गुन २ बीरगञ्ज

आफुह?ले पाउनुपर्ने दोस्रो चौमासिक किस्ता बापतको तलब भत्ता र विद्यालयले पाउने अन्य सेवा सुविधाको माग गर्दै पर्साका शिक्षकहरुले गरेका आन्दोलन स्थिगित भएको छ ।वीरगंज महानगरपालिकाका मेयर विजय सरावगीको पहलमा शिक्षकहरुले स्थगीत गरेका छन । ।बुधबार देखी पर्साका सम्पूर्ण विद्यालयहरु बन्द गरेर शिक्षकहरुले सुरु गरेको आन्दोलन महानगपालीका सगं भएको वार्ता र सहमति भएपछि स्थगीत भएको हो ।तलब भत्ता र विद्यालय अनुदानका रकमहरु विद्यालय खातामा पठाउनु पर्ने माग लिएर महानगरपालीका घेराउ गर्न पुगेका सामुदायिक विद्यालयका शिक्षकहरुको समस्या समाधानको लागी नेपाल शिक्षक महासंघ पदाधिकारी, नगर प्रमुख विजय कुमार सरावगी, उपप्रमुख शान्ती कार्कि र प्रमुख प्रशासकिय अधिकृत गोपाल प्रसाद रेग्मी, वरिष्ठ अधिकृत सुमन श्रेष्ठको सहभागिता बार्ता भएको थियो ।बार्तामा ४ बुँदे सहमति भए पशचात आन्दोलन स्थगित गरिएको नेपाल   शिक्षक महासंघ पर्साका अध्यक्ष तर्थि प्रसाद यादवले बताउनु भयो ।बार्तामा वीरगंज महानगरपालिकाले शिक्षकहरुको तलब र सेवा सुविधाको लागि केन्द्र सम्म पहल गर्ने,जिल्ला शिक्षा कार्यालय पर्साबाट शिक्षकह?को दरबन्दी लगायत अन्य विषयलाइ व्यवस्थितगर्न शिक्षक राजन दासलाइ केहि समयको लागी महानगपालीका कार्यालयमा काजमा खटाउने, शिक्षामन्त्रालयले फागुन ६ गते सम्म शिक्षकहरुको तलब निकासा नगरे महानगपालीकाको नेतृत्वमा शिक्षक महासघंको प्रतिनिधि समेतको टोली राजधानीमा जाने लगायतका सहमतिहरु भएका थिए ।

तपाईको प्रतिक्रिया

अन्तराष्ट्रिय

डिभी चिठ्ठा बन्द गर्ने विधेयक अमेरिकी संसदबाट अस्वीकृत, नेपालीलार्इ राहत

डिभी चिठ्ठा बन्द गर्ने विधेयक अमेरिकी संसदबाट अस्वीकृत, नेपालीलार्इ राहत


विचार/ब्लग

नेपाल प्रहरीको उदाउँदो किरण: सर्बेन्द्र खनालको आगामि यात्रा

श्रावन ०५ बिहीवार, हेटौंडा । गृह मन्त्रालयका बढुवा समितिले भर्खरै गरेको एस.एस.पि.को बढुवा सिफारीसमा १५ जना प्रतिस्पर्धीलाई उछिन्दै कार्यसम्पादनको आधारमा डि.आई.जि.को बढुवा सिफारीसमा १ नम्बरमा पर्न सफल हुनु भएको छ ।