बीरगंज बिश्वबिद्यालयको लागि जोड तोडले लाग्नुपर्ने अखिल क्रान्तिकारीका पर्सा इन्चार्ज साहको भनाई

   
176   पटक पढिएको

फागुन १ बीरगञ्ज
२३ औं जनयुद्धको अवसरमा मंगलबार नेकपा माओबादी केन्द्रको भातृ संगठन योङ्ग कम्युनिष्ट लिगं, पर्साले बीरगंजमा अन्तरक्रिया कार्यक्रम  सम्पन्न गरेको छ ।योङ्ग कम्युनिष्ट लिगं, पर्साको अयोजनामा चित्रगुप्ता मन्दिर बीरगंजमा भएको  भएको अन्तरक्रिया कार्यक्रममा सहभागिहरुले शहिद परिवार, जनयुद्धको क्रममा घाइते, बेपत्ता परिवालाई सम्मान प्रकट गरेका थिए । कार्यक्रमका सहभागि अनेरास्ववीयु क्रान्तिकारीका पर्सा जिल्ला इन्चार्ज शिवम कुमार साहले शहिद परिवार तथा घाइते, वेपता परिवारलाई सम्मान प्रकट गर्दै अबको बिद्यार्थी आन्दोलन बिद्यार्थीको पक्क्षमा हुनु पर्ने बताए । साहले बीरगंजलाई शैक्षिक हब बनाउन अबको बिद्यार्थी आन्दोलन हुनु पर्ने प्रष्ट पारे । यसका लागि सर्ब प्रथम बीरगंज बिश्वबिद्यालयको लागि जोड तोडले लाग्नु पर्ने साहले बताए । योङ्ग कम्युनिष्ट लिगं, पर्साका संयोजक ओमप्रकाश गुप्ताको अध्यक्षतामा र योङ्ग कम्युनिष्ट लिगंका केन्द्रिय उपाध्यक्ष ललेन्द्र मण्डलको प्रमुख आतिथ्यतामा भएको कार्यक्रममा नेकपा एमालेका पर्सा संयोजक प्रभु् हजरा, युवा नेता अरबिन्द सिंह, नेपकपा माओबादी केन्द्रका पर्सा अध्यक्ष बाबुराम कौशिक, युवा नेता रामबाबु बैठा, बिमल पौडेल, प्रभाकर गुप्ता लगायतकाले मन्तब्य राखेका थिए ।यसैबीच जनयुद्ध दिवस कै अवसरमा माओवादी केन्द्रको भातृ संगठन अखिल क्रान्तिकारी पर्साले वीरगन्जमा मंगलबार आकस्मिक रक्तदान कार्यक्रमको आयोजना गरेको छ । नेपाल रेडक्रस सोसाईटी रक्त सञ्चार केन्द्र वीरगन्जमा आयोजित रक्तदान कार्यक्रममा दुइ जना महिला सहित २० जनाले रगत दान गरेका थिए ।रगत दान गर्नेह?मा अखिल  क्रन्तिकारीका केन्द्रीय सदस्य एवं पर्सा इन्चार्ज शिवम साह, केन्द्रीय सदस्यह? जुवैर आलम र इशक कुमार, वीरगन्ज नर्सिङ्ग कलेजकी प्रतिनिधि सुजाता बर्तौला, ?वी सापकोटा, अखिल क्रान्तिकारीका पर्सा जिल्ला अध्यक्ष मित्रदेव यादव , अखिल क्रान्तिकारीका नेताह? हसरत अली, मनिष अधिकारी, सुधिर पण्डित, विराज शाक्य, प्रदीप कुश्वाहा, निखिलराज ओझा, पूर्व सचिवालय सदस्य शिवशंकर यादव, वाईसियलका केन्द्रीय सदस्य एवं जिल्ला इन्चार्ज विमल पौडेल, नितेश चौधरी लगायतका रहेका छन् । जनयुद्ध दिवसकै अवसरमा वाईसियल पर्साले पनि मंगलबार गीतामन्दिर रोड स्थित चित्रगुप्त मन्दिरमा अन्तरकृया कार्यक्रमको आयोजना गरेको थियो । 
 

तपाईको प्रतिक्रिया

अन्तराष्ट्रिय

डिभी चिठ्ठा बन्द गर्ने विधेयक अमेरिकी संसदबाट अस्वीकृत, नेपालीलार्इ राहत

डिभी चिठ्ठा बन्द गर्ने विधेयक अमेरिकी संसदबाट अस्वीकृत, नेपालीलार्इ राहत


विचार/ब्लग

नेपाल प्रहरीको उदाउँदो किरण: सर्बेन्द्र खनालको आगामि यात्रा

श्रावन ०५ बिहीवार, हेटौंडा । गृह मन्त्रालयका बढुवा समितिले भर्खरै गरेको एस.एस.पि.को बढुवा सिफारीसमा १५ जना प्रतिस्पर्धीलाई उछिन्दै कार्यसम्पादनको आधारमा डि.आई.जि.को बढुवा सिफारीसमा १ नम्बरमा पर्न सफल हुनु भएको छ ।