सुन दिन्छु भनेर २० लाख ठगी गर्ने पक्राउ

   
28   पटक पढिएको

२८ माघ, काठमाडौं । सस्तोमा सुन दिन्छु भनेर २० लाख रुपैयाँ ठगी गरेको आरोपमा प्रहरीले ३ जनालाई पक्राउ गरेको छ ।

बजार भाउ भन्दा सस्तोमा सुन दिन्छु भनेर ठगी गरेको उजुरी परेपछि प्रहरीले दाङका ३२ वर्षका नरेन्द्र महरा, दार्चुलाका ३३ वर्षका  इन्द्रसिंह धामी र २८ वर्षका भुपेन्द्र सिंह धामीलाई माघ २५ गते पक्राउ गरेको हो ।

उनीहरुको साथबाट प्रहरीले २० लाख ५० हजार रुपैयाँ, आइफोन सिक्स मोवाइल र बा ११ च ७६४२ नम्बरको गाडी बरामद गरेको छ । प्रहरीले उनीहरुकै सूचनाको आधारमा रेड पाण्डाको छाला तस्करीमा संलग्न र चितवनका २४ वर्षका भरतविलास पराजुलीलाई पक्राउ गरेको छ ।

ठगी आरोपमा पक्राउ परेका नरेन्द्र महराको मोवाइलमा रेडपाण्डाको फोटो देखिएपछि अनुसन्धान गर्दै जाँदा पराजुली पक्राउ परेका महानगरीय प्रहरी परिसरले जानकारी दिएको छ ।  पराजुलीलाई अनुसन्धानका लागि जिल्ला वन कार्यालय हात्तीसार पठाइएको छ भने अरुको महानगरी प्रहरी परिसरले नै अनुसन्धान गरिरहेको छ ।

तपाईको प्रतिक्रिया

अन्तराष्ट्रिय

डिभी चिठ्ठा बन्द गर्ने विधेयक अमेरिकी संसदबाट अस्वीकृत, नेपालीलार्इ राहत

डिभी चिठ्ठा बन्द गर्ने विधेयक अमेरिकी संसदबाट अस्वीकृत, नेपालीलार्इ राहत


विचार/ब्लग

नेपाल प्रहरीको उदाउँदो किरण: सर्बेन्द्र खनालको आगामि यात्रा

श्रावन ०५ बिहीवार, हेटौंडा । गृह मन्त्रालयका बढुवा समितिले भर्खरै गरेको एस.एस.पि.को बढुवा सिफारीसमा १५ जना प्रतिस्पर्धीलाई उछिन्दै कार्यसम्पादनको आधारमा डि.आई.जि.को बढुवा सिफारीसमा १ नम्बरमा पर्न सफल हुनु भएको छ ।