निर्वाचन आयोगले राष्ट्रियसभा चुनावको परिणाम राष्ट्रपतिलाई बुझायो

   
26   पटक पढिएको

काठमाडौं, माघ २८ – निर्वाचन आयोगले राष्ट्रियसभा चुनावको परिणाम राष्ट्रपति विद्यादेवी भण्डारीलाई बुझाएको छ ।

आयोगका पदाधिकारीले आइतबार बिहान राष्ट्रपति भवन शितल निवासमा पुगेर राष्ट्रपति भण्डारीलाई बुधबार भएको राष्ट्रियसभा चुनावको परिणाम बुझाएका हुन् । राष्ट्रियसभा चुनावको परिणाम बुझ्दै राष्ट्रपति भण्डारीले तीनवटै तहको चुनाव सफलतापूर्वक सम्पन्न गरेका भन्दै आयोगलाई धन्यवाद दिनुभयो । 

राष्ट्रियसभामा एमालेले २७, नेपाली कांग्रेसले १३, नेकपा माओवादी केन्द्रले १२, राष्ट्रिय जनता पार्टी र संघीय समाजवादी फोरम नपालले समान २ सिट जितेका थिए । ५९ सदस्यीय राष्ट्रियसभामा ३ जना भने सरकारको सिफारिसमा राष्ट्रपतिले मनोनयन गर्ने संवैधानिक व्यवस्था छ । 

शुक्रबार बसेको मन्त्रिपरिषदको बैठकले सरकारकातर्फबाट राष्ट्रियसभामा मनोनयन हुनेको नाम तय गर्न प्रधानमन्त्रीलाई नै जिम्मेवारी दिएको छ । बुधबार भएको राष्ट्रियसभा चुनावको परिणाम राष्ट्रपतिलाई बुझाए पनि आयोगले मंसिरमा भएको प्रतिनिधिसभाको चुनावको परिणाम भने अझै पनि बुझाएको छैन । 

आयोगले आउँदो शनिबारभित्र प्रतिनिधिसभाको चुनाव परिणाम पनि राष्ट्रपति समक्ष पेश गर्ने तयारी गरेको छ । प्रतिनिधिसभाको समानुपातिकतर्फ विजयी हुने सांसदको नाम भोलिसम्ममा पठाउन आयोगले दलहरुलाई आग्रह गरिसकेको छ । 

तपाईको प्रतिक्रिया

अन्तराष्ट्रिय

डिभी चिठ्ठा बन्द गर्ने विधेयक अमेरिकी संसदबाट अस्वीकृत, नेपालीलार्इ राहत

डिभी चिठ्ठा बन्द गर्ने विधेयक अमेरिकी संसदबाट अस्वीकृत, नेपालीलार्इ राहत


विचार/ब्लग

नेपाल प्रहरीको उदाउँदो किरण: सर्बेन्द्र खनालको आगामि यात्रा

श्रावन ०५ बिहीवार, हेटौंडा । गृह मन्त्रालयका बढुवा समितिले भर्खरै गरेको एस.एस.पि.को बढुवा सिफारीसमा १५ जना प्रतिस्पर्धीलाई उछिन्दै कार्यसम्पादनको आधारमा डि.आई.जि.को बढुवा सिफारीसमा १ नम्बरमा पर्न सफल हुनु भएको छ ।