सिमरा गोल्डकप  टाइव्रेकरमा जित निकाल्दै मोरङ्ग सेमिफाईनलमा 

   
25   पटक पढिएको


सिमरा, २७ माघ
आयोजक नवजनजागृती यूवा क्लबलाई टाइव्रेकरमा पराजित गर्दै मोरङ्ग फुटबल क्लब विराटनगर सिमरामा जारी नवौं रुस्लान सिमरा गोल्डकपको सेमी फाईनलमा प्रवेश गरेको छ ।शनिवार भएको पहिलो क्वाटर फाईनलमा आयोजक विरुद्ध टाईव्रेकरमा ४–१ को जित निकाल्दै मोरङ्ग पहिलो सहभागितामै प्रतियोगिताको सेमी फाईनलमा पुग्न सफल भयो । टाईव्रेकरमा मोरङ्गका निरज बस्नेत, बुद्धिमान राई, विक्रम लिम्बु र दिपक राईले गोल गरे भने आयोजक नवजनजागृतीका विजय श्रेष्ठ बाहेक अन्य खेलाडीले गोल गर्न सकेनन् । टाइव्रेकरमा आयोजकका मानबहादुर तामाङ र शौरभ मगरको प्रहारले पोष्टको दिशा लिन नसक्दा घरेलु समर्थकका माझ आयोजक निराश बन्यो ।निर्धारित ९० मिनटको खेल एक–एकको बराबरीमा सकिएपछि खेल टाईव्रेकरमा धकेलियो । समय अभावका कारण अतिरिक्त समयको खेल नगराई सिधै टाईव्रेकरबाट नतिजा निकालिएको हो । यसअघि खेलको ६५ औं मिनटमा नवजनजागृतीका विजय श्रेष्ठ र ७५ औं मिनटमा मोरङ्गका भुवन बस्नेतले एक एक गोल गरेका थिए । 
खेलको ६५ औं मिनटमा अफ्रिकि खेलाडी भिक्टरको प्रहार मोरङका डिफेन्डर सुरेन खवासले बचाउ गर्दा रिवाउण्ड बललाई आयोजकका विजय श्रेष्ठले गोलमा परिणत  गरे । डि–एरियामा पाएको अवसर सदुपयोग गर्दै विजयले टिमलाई अग्रता दिलाए । मोरङका रक्षक सुर्य क्षत्री अगाडि बढ्दा आयोजकले फाईदा उठाएको थियो ।
खेलको ७५ औं मिनटमा योगेश गुरुङको पास सदुपयोग गर्दै भूवन बस्नेतले बराबरी गोल गरे । 

खेलको पहिलो हाफमा आयोजकलाई पुरै समय दवावमा राखेपनि मोरङले अग्रता लिन सकेन । खेलको सातौं मिनटमा मोरङका भुवन बस्नेतले आयोजकका किपर विट गरेरपनि गोल गर्ने अवसर गुमाए । भूवनको प्रहार क्रसबार माथी गयो ।
खेलको आठौं मिनटमा कर्ण लिम्बुले पेनाल्टी एरियामा निकालेको पास सुसिल राईले सम्हाल्न नसक्दा मोरङले अर्को अवसर गुमायो । 
खेलको २१ औं मिनटमा भूवन बस्नेतको क्रसमा शुसिल राईले गरेको अर्को प्रहार खेर गयो । डि बक्स भित्रैबाट शुसिलले गरेको प्रहार पोष्ट नजिकबाट बाहिरीयो ।
खेलको ३७ औं मिनटमा आयोजकका विश्वास उदासले मोरङका शुसिल राईलाई फाउल गरेपछि पाएको फ्रिकिकमा मोरङले गोल गर्न सकेन । दिपक राईको उत्कृष्ट फ्रिकिक बल गोल लाईन नजिक पाएपनि भुवन बस्नेतले सम्हाल्न नसक्दा मोरङको अर्को अवसर गुम्यो । 
खेलको ५५ औं मिनटमा जनजागृतीका किपर विट गरेका मोरङका कर्ण लिम्बुको अर्को प्रहार खेर गयो । लिम्बुको प्रहार आयोजकका भिक्टर आमोहिले गोललाईनबाट क्लियर गरे ।
दोश्रो हाफ पछि लयमा देखिएको आयोजकले अग्रता जोगाउन नसक्दा प्रतियोगिताबाट बाहिरीयो । पहिलो हाफमा मोरङ हावि भएपनि आयोजकले पाएका केहि अवसर गुमाएको  थियो । खेलको ३२ औं मिनटमा भिसन गुरुङको शसक्त प्रहार क्रसबारबाट रिवाउण्ड भयो । 
खेलको ६१ औं मिनटमा जनजागृतीका भिक्टरको क्रसमा धिरज श्रेष्ठको हेडिङ मोरङका गोलरक्षकले बचाउ गरे । 
खेलको म्यान अफ दि म्याच नवजनजागृतीका सुरजसिंह ठकुरी घोषित भए । आइतबार  नेपाल आर्मीको त्रिभूवन आर्मी क्लब र सशस्त्र प्रहरीको नेपाल एपिएफ क्लब विच दोश्रो क्वाटर फाईनल खेल हुनेछ ।  
घरेलु मैदानमा पराजय वेहोर्दै प्रतियोगिताबाट बाहिरीएको आयोजकका प्रशिक्षक नविन महर्जनले खेलाडीको तालमेल नमिल्दा हार वेहोर्नुपरेको बताए । अग्रता जोगाउन नसक्नु ठुलो दुर्भाग्य रहेको बताउँदै टाईव्रेकरमा टिमलाई लकले साथ नदिएको बताए ।
मोरङका प्रशिक्षक पारश चौधरीले आफ्नो टिमले जितेपनि खेलाडीको प्रदर्शन चित्त बुभ्m्दो नभएको बताए । फिनिसिङमा चुक्दा जितका लागि टाईव्रेकरमा पुग्नुपरेको भन्दै सेमी फाईनलमा सुधारिएको खेल पस्कने प्रतिकृया दिए । मोरङले अब सोमबार हुने थ्रिस्टार र सुदुरपस्चिम ११ विचको विजेता संग फाईनल प्रवेशका लागि खेल्ने छ ।
 

तपाईको प्रतिक्रिया

अन्तराष्ट्रिय

डिभी चिठ्ठा बन्द गर्ने विधेयक अमेरिकी संसदबाट अस्वीकृत, नेपालीलार्इ राहत

डिभी चिठ्ठा बन्द गर्ने विधेयक अमेरिकी संसदबाट अस्वीकृत, नेपालीलार्इ राहत


विचार/ब्लग

नेपाल प्रहरीको उदाउँदो किरण: सर्बेन्द्र खनालको आगामि यात्रा

श्रावन ०५ बिहीवार, हेटौंडा । गृह मन्त्रालयका बढुवा समितिले भर्खरै गरेको एस.एस.पि.को बढुवा सिफारीसमा १५ जना प्रतिस्पर्धीलाई उछिन्दै कार्यसम्पादनको आधारमा डि.आई.जि.को बढुवा सिफारीसमा १ नम्बरमा पर्न सफल हुनु भएको छ ।