पर्साका किसानहरु सुर्ती खेती तर्फ आकर्षित

   
115   पटक पढिएको

अञ्जली चौहान / बीरगञ्ज २६ माघ २०७४

पर्साका किसानहरु सुर्ती खेती तर्फ आकृर्षित भएका छन् । खेतमा लगाएको अन्नबालि जंगली जनावरले खाएर हैरान गर्ने गरेको कारण स्वास्थ्यको दृष्टिकोणले राम्रो नभएपनि पर्साका किसानहरु नगदेवालीको रुपमा सुर्ती खेती गर्न थालेका छन् ।  

खेतबारीमा धान, मकै, गहुुँ, तरकारी जस्ता अन्नबालि लगायँदा जंगली जनावरले सखाप पारिदिने गरेको कारण खेतबारीमा लगाएको बाली पनि भित्र्याउन नपाइने र रातदिनै जंगली जनावर धपाउने हैरानीबाट टाढा हुन सुर्ती खेती सुरु गरेको पर्सा सुवर्णपुरकी विष्णु अधिकारीले बताईन् ।

नेपालकै प्रसिद्ध कम्पनी सूर्य टोबाकोको पहल र सहयोगले यस क्षेत्रका किसानहरु सुर्ती खेतीतर्फ आकर्षित भएका हुन् । सिचाईको लागि पानीको अभाव रहेको उक्त क्षेत्रमा किसानहरु सिचाई बिना नै खेती गर्न सकिने भएकोले पनि बैकल्पिक खेतीको रुपमा सुर्ती खेती गर्ने गरेको बताउँछन् ।

सूर्य टोबाको प्रालिले त्यस भेगका किसानलाई सस्तो व्याजदरमा सुर्तीको बिउ, रासायनिक मल लगायत प्राविधिक सहयोग समेत पु¥याएपछि व्यवसायिक सुर्ती खेतीतर्फ आकर्षित भएको अधिकारी बताउँछिन् ।

एक वर्षमा दुई सिजनमा गर्न सकिने यो खेतीबाट ठोरी गाउँपालिकाका किसानहरुले राम्रै आम्दानी गर्ने गरेको बताउँछन् । वन्यजन्तुले पनि नखाने र खेती गर्न पैसा पनि नलाग्ने गरेको कारण सुर्ती खेती नै सहज भएको पर्साको ठोरी विजयस्ती स्थानीस्यवासीको भनाई छ ।

पर्साको ठोरी गाउँपालिकाका सुवर्णपुर, सेढवा , विजयबस्ती, निर्मलबस्ती, ब्रम्हनगर, गौतमनग लगायतका किसानहरुले सुर्ती खेती गर्दै आइरहेका छन् । सुर्ती खेतीले माटोमा अम्लियपना बढाएपनि वर्ष परिवर्तन गर्दै खेती गर्ने हो भने माटोमा खासै असर नदेखिने कृषकहरुको भनाई छ ।

पर्सामा असोज महिनामा सुर्तीको बिरुवा उत्पादन हुने गर्दछ । बिरुवा उत्पादन गर्ने नर्सरीलाई कम्पनीले त्यसमा लाग्ने औषधी बाहेक बिउ बिजनलगायत सम्पूर्ण सामाग्रीहरु निःशुल्क उपलब्ध गराउने गर्दछ ।

असोजमा रोपेको सुर्ती पुस महिनामा टिप्न तयार हुने गर्दछ भने माघमा रोपेको सुर्ती जेठमा तयार हुने गर्दछ ।

अन्य व्यवसायिक खेतीको तुलनामा अलि झन्झटिलो भएपनि जङ्गली जनावरहरुले पनि नखाने भएकोले उक्त खेतीबाट मानिसहरुले जीविकोपार्जन गर्दै आएका छन् ।

तपाईको प्रतिक्रिया

अन्तराष्ट्रिय

डिभी चिठ्ठा बन्द गर्ने विधेयक अमेरिकी संसदबाट अस्वीकृत, नेपालीलार्इ राहत

डिभी चिठ्ठा बन्द गर्ने विधेयक अमेरिकी संसदबाट अस्वीकृत, नेपालीलार्इ राहत


विचार/ब्लग

नेपाल प्रहरीको उदाउँदो किरण: सर्बेन्द्र खनालको आगामि यात्रा

श्रावन ०५ बिहीवार, हेटौंडा । गृह मन्त्रालयका बढुवा समितिले भर्खरै गरेको एस.एस.पि.को बढुवा सिफारीसमा १५ जना प्रतिस्पर्धीलाई उछिन्दै कार्यसम्पादनको आधारमा डि.आई.जि.को बढुवा सिफारीसमा १ नम्बरमा पर्न सफल हुनु भएको छ ।