ओभरलोड गरेका १४ वटा भारतीय ट्रकहरु कारवाहीमा

   
32   पटक पढिएको

तस्बिर राम मण्डल ओभरलोड गरेको एक भारतीय ट्रक

माघ २६ बारा 
मध्य क्षेत्रिय ट्राफिक प्रहरी कार्यालय पथलैयाले ओभरलोड गरेका १४ वटा भारतीय ट्रकहरुलाई आवशयक कारवाहीका लागि नारायणी अञ्चल यातायात कार्यालय बीरगञ्जमा पठाएको छ ।

क्षमता भन्दा बढी लोड गरिएको १४ वटा सिमेन्ट बनाउने क्लिंकर बोकेका भारतीय गाडीहरु पक्राउ गरि आज कारवाहीका लागि ,अञ्चल यातायात कार्यालय बीरगञ्जमा पठाएको हो ।

पक्राउ गरिएका ट्रकहरुमा १८ चक्के १० वटा, १४ चक्के २ वटा,२२ चक्के १ वटा र १२ चक्के १ वटा ट्रक रहेका छन ।

भारतबाट क्लिंकर ओभरलोड गरि बिराटनगर नाका हुदै सिमरा हेटौडा हुदै गईरहेको भारतीय ट्रकहरुलाई मध्य क्षेत्रीय ट्राफिक प्रहरी कार्यालय पथलैयाले तौल मापन गरी कारवाहीको लागी पठाइएको ट्राफिक प्रहरी कार्यालय पथलैयाका प्रहरी सहायक निरिक्षक राम शरण दुलालले जानकारी दिनुभयो ।
 

तपाईको प्रतिक्रिया

अन्तराष्ट्रिय

डिभी चिठ्ठा बन्द गर्ने विधेयक अमेरिकी संसदबाट अस्वीकृत, नेपालीलार्इ राहत

डिभी चिठ्ठा बन्द गर्ने विधेयक अमेरिकी संसदबाट अस्वीकृत, नेपालीलार्इ राहत


विचार/ब्लग

नेपाल प्रहरीको उदाउँदो किरण: सर्बेन्द्र खनालको आगामि यात्रा

श्रावन ०५ बिहीवार, हेटौंडा । गृह मन्त्रालयका बढुवा समितिले भर्खरै गरेको एस.एस.पि.को बढुवा सिफारीसमा १५ जना प्रतिस्पर्धीलाई उछिन्दै कार्यसम्पादनको आधारमा डि.आई.जि.को बढुवा सिफारीसमा १ नम्बरमा पर्न सफल हुनु भएको छ ।