डोरमणि पौडेल प्रदेश ३ को मुख्यमन्त्री बन्ने पक्का,अष्टलक्ष्मीले चुनाव हारिन्,

   
36   पटक पढिएको

२६ माघ, काठमाडौं । एमाले प्रदेश ३ को संसदीय दलको नेतामा डोरमणि पौडेल निर्वाचित भएका छन् । यससँगै उनलाई प्रदेश ३ को मुख्यमन्त्री बन्ने बाटो खुलेको छ ।

संसदीय दलको नेता चुन्न एमालेले शुक्रबार भएको चुनावमा शाक्य र पौडेलले उम्मेदवारी दिएका थिए । दलको चुनावमा ५८ मत खसेकोमा पौडेलले ३४ मत पाए भने पार्टी उपाध्यक्ष समेत रहेकी शाक्यले २४ मत मात्र पाइन् ।

दलको नेता चयन भएपछि पौडेलले लोकतान्त्रिक पद्धति अनुसार चुनाव भएकाले यसलाई सहज रुपमा लिनु पर्ने बताए । प्रदेश ३ भावी मुख्यमन्त्री पौडेलले प्रदेश सरकारले स्थानीय तह र केन्द्र सरकारबीच पुलको रुपमा काम गर्ने बताए ।

प्रदेश ३ मा एमालेका ५८ सांसद छन् ।अनलाईन खबर बाट

तपाईको प्रतिक्रिया

अन्तराष्ट्रिय

डिभी चिठ्ठा बन्द गर्ने विधेयक अमेरिकी संसदबाट अस्वीकृत, नेपालीलार्इ राहत

डिभी चिठ्ठा बन्द गर्ने विधेयक अमेरिकी संसदबाट अस्वीकृत, नेपालीलार्इ राहत


विचार/ब्लग

नेपाल प्रहरीको उदाउँदो किरण: सर्बेन्द्र खनालको आगामि यात्रा

श्रावन ०५ बिहीवार, हेटौंडा । गृह मन्त्रालयका बढुवा समितिले भर्खरै गरेको एस.एस.पि.को बढुवा सिफारीसमा १५ जना प्रतिस्पर्धीलाई उछिन्दै कार्यसम्पादनको आधारमा डि.आई.जि.को बढुवा सिफारीसमा १ नम्बरमा पर्न सफल हुनु भएको छ ।