फागुनदेखि मोटरसाइकलमा पनि इम्बोस्ड नम्बर प्लेट

   
36   पटक पढिएको

 

फागुनदेखि दुई पांग्रे सवारी साधानमा पनि इम्बोस्ड नम्बर प्लेट जडान सरु हुने भएको छ।

यातायात व्यवस्था कार्यालय, बागमतिमा दर्ता भएका सरकारी, संस्थान र निजी दुई पांग्रे सवारीले इम्बोस्ड नम्बर प्लेट जडानका लागि आवेदन दिन सक्ने यातायात व्यवस्था विभागले जनाएको छ।

नम्बर प्लेट जडानको लागि सवारी धनीले www.dotm.gov.np OR www.hsenp.dotm.gov.np लिङ्कमा गई तोकिएको आफ्नो सम्पूर्ण विवरण भरी अनलाइन निवेदन दिनु पर्नेछ। इम्बोस्ड नम्बर प्लेट प्राप्त गर्न सवारीधनीले आफ्ना सवारी साधनको हालसम्मको राजश्व चुक्ता गरेको हुनुपर्ने छ।

इम्बोस्ड नम्बर प्लेट जडान वापतको दस्तुर २ हजार ५ सय तोकिएको छ। मातातीर्थस्थित यातायात व्यवस्था कार्यालयको आर्थिक प्रशासन शाखा वा सो कार्यालयले तोकेको बैंकमा यो रकम जम्मा गर्नुपर्नेछ।

राजश्व फरफारक नगरी इम्बोस्ड नम्बर प्लेटका लागि मात्र रकम जम्मा गरेमा प्लेट उपलब्ध नगराइने र यसमा सवारीधनी नै जिम्मेवार हुने विभागले जनाएको छ।

तपाईको प्रतिक्रिया

अन्तराष्ट्रिय

डिभी चिठ्ठा बन्द गर्ने विधेयक अमेरिकी संसदबाट अस्वीकृत, नेपालीलार्इ राहत

डिभी चिठ्ठा बन्द गर्ने विधेयक अमेरिकी संसदबाट अस्वीकृत, नेपालीलार्इ राहत


विचार/ब्लग

नेपाल प्रहरीको उदाउँदो किरण: सर्बेन्द्र खनालको आगामि यात्रा

श्रावन ०५ बिहीवार, हेटौंडा । गृह मन्त्रालयका बढुवा समितिले भर्खरै गरेको एस.एस.पि.को बढुवा सिफारीसमा १५ जना प्रतिस्पर्धीलाई उछिन्दै कार्यसम्पादनको आधारमा डि.आई.जि.को बढुवा सिफारीसमा १ नम्बरमा पर्न सफल हुनु भएको छ ।