ब्यागभित्र कोचेर ब्रिटिश मोडेलको तस्करी

   
12   पटक पढिएको

तपाईंले मानव तस्करीका धेरै समाचार सुन्नुभएको होला । तर, मानिसलाई ब्यागभित्र कोचेर तस्करी गरिएको घटना भने नौलो लाग्न सक्छ ।

यस्तै भएको छ इटलीमा । त्यहाँ एक ब्रिटिश मोडललाई सुटकेसभित्र कोचेर यौनदासीका रुपमा तस्करी गरिएको हो । उनी गत जुलाईमा अपहरणमा परेकी थिइन् ।

ब्रिटिश मोडल च्लोइ एइलिङमाथिको ज्यादतिबारे बुधबार एउटा मुद्दाको सुनवाईका क्रममा खुलासा भएको इटालियन न्यूज एजेन्सीले जनाएको छ । कहिलेकाहीँ बेलायतमा बस्ने ३० वषिर्य लुकास्ज हेर्बाले फोटोसुटको बहानामा उनलाई लन्डनबाट इटलीमा बोलाएका थिए र मिलानबाट अपहरण गरेका थिए ।

वासिङ्टन पोष्टमा प्रकाशित समाचार अनुसार एइलिङले आफूलाई अपहरणकारीहरुले इन्टरनेटमा लिलामी गर्न खोजेको बयान दिएकी छिन् । २० वषिर्या मोडललाई ३ लाख डलरमा यौनदासीका रुपमा बेच्न खोजिएको थियो ।

इटालियन अनुसन्धानकर्ताहरुलाई एइलिङले बताएअनुसार उनलाई नशालु पदार्थ खुवाएर मुखमा टेप लगाइदिएर सानो दुलो पारिएको ब्यागमा कोचेर कारको डिकीमा हालेर दुर्गम स्थानमा रहेको फार्महाउसमा पुर्‍याइएको थियो । त्यहाँ उनलाई हातगोडा रुखमा बाँधेर राखिएको थियो ।

बुधबार हेर्बाको सुनवाइका क्रममा अनुसन्धाकर्ताहरुले मोडेललाई अपहरणकारीहरुले मानसिक यातनामा समेत राखेको बताए । एइलिङलाई छोडिए लगत्तै हेर्बालाई १७ जुलाईमा गिराफ्तार गरिएको थियो । इटालियन तथा बि्रटिश मिडियाका अनुसार ती मोडल दुई वषिर्य बच्चाको आमा भएको थाहा पाएपछि अपहरणकारी आफैंले छोडिदिएका थिए ।अनलाईन खबरबाट

तपाईको प्रतिक्रिया

अन्तराष्ट्रिय

डिभी चिठ्ठा बन्द गर्ने विधेयक अमेरिकी संसदबाट अस्वीकृत, नेपालीलार्इ राहत

डिभी चिठ्ठा बन्द गर्ने विधेयक अमेरिकी संसदबाट अस्वीकृत, नेपालीलार्इ राहत


विचार/ब्लग

नेपाल प्रहरीको उदाउँदो किरण: सर्बेन्द्र खनालको आगामि यात्रा

श्रावन ०५ बिहीवार, हेटौंडा । गृह मन्त्रालयका बढुवा समितिले भर्खरै गरेको एस.एस.पि.को बढुवा सिफारीसमा १५ जना प्रतिस्पर्धीलाई उछिन्दै कार्यसम्पादनको आधारमा डि.आई.जि.को बढुवा सिफारीसमा १ नम्बरमा पर्न सफल हुनु भएको छ ।