धुर्मुस सुन्तलीले गरे  सिमरा गोल्डकपको उदघाटन 

   
59   पटक पढिएको

माघ २५ सिमरा

नवौं रुस्लान सिमरा गोल्डकपको उदघाटन एक समारोहका विच चर्चित कलाकार तथा समाजसेवी जोडी सिताराम कट्टेल ‘धुर्मुस’ र कुञ्जना घिमिरे ‘सुन्तली’ ले गरेका छन ।

प्रतियोगिताको उदघाटन खेलमा हेटौंडाको विजय युथ क्लब र आयोजक नवजनजागृती यूवा क्लबको एन.जे.जे.वाई.सि.‘सेतो’ टिम विच प्रतिस्पर्धा हुदैछ ।

आगामी फागुन ५ गते सम्म चल्ने प्रतियोगितामा कुल १० वटा टिमहरुको सहभागिता रहेको छ ।प्रतियोगिताको विजेता टीमले पाँच लाख एकाउन्न हजार र उपविजेताले दुई लाख पचास हजार रुपैयाँ प्राप्त गर्नेछन् ।

प्रतियोगिताको सर्वोत्कृष्ट खेलाडीले एक थान मोटरसाईकल तथा विभिन्न ७ विधाका उत्कृष्ट खेलाडी तथा प्रशिक्षकले जनही १५ हजार रुपैयाँ प्राप्त गर्नेछन् । यस्तै प्रत्येक खेलको म्यान अफ दि म्याचले पाँच हजार रुपैयाँ प्राप्त गर्नेछन् ।

प्रतियोगितामा साविक विजेता सिएमजि क्लब संकटा, रुस्लान थ्रिस्टार क्लब, त्रिभूवन आर्मी क्लब, नेपाल एपिएफ क्लब, मोरङ फुटबल क्लब विराटनगर, वीरगञ्ज युनाईटेड क्लब वीरगञ्ज, सुदुरपश्चिम ११ स्पोर्टस क्लब धनगढी, विजय युथ क्लब धनगढी सहित आयोजक नवजनजागृती यूवा क्लबको एन.जे.जे.वाई.सि., ‘सेतो’ र एन.जे.जे.वाई.सि. ‘निलो’ गरि १० टिमको सहभागिता रहको छ । 

तपाईको प्रतिक्रिया

अन्तराष्ट्रिय

डिभी चिठ्ठा बन्द गर्ने विधेयक अमेरिकी संसदबाट अस्वीकृत, नेपालीलार्इ राहत

डिभी चिठ्ठा बन्द गर्ने विधेयक अमेरिकी संसदबाट अस्वीकृत, नेपालीलार्इ राहत


विचार/ब्लग

नेपाल प्रहरीको उदाउँदो किरण: सर्बेन्द्र खनालको आगामि यात्रा

श्रावन ०५ बिहीवार, हेटौंडा । गृह मन्त्रालयका बढुवा समितिले भर्खरै गरेको एस.एस.पि.को बढुवा सिफारीसमा १५ जना प्रतिस्पर्धीलाई उछिन्दै कार्यसम्पादनको आधारमा डि.आई.जि.को बढुवा सिफारीसमा १ नम्बरमा पर्न सफल हुनु भएको छ ।