प्रहरीले नै आफनो नातिनीलाई भगाएको पिडीत परिवारजनको आरोप

   
38   पटक पढिएको

माघ २५ बीरगञ्ज पर्सामा प्रहरीले नै नाबालिका भगाएको आरोप बालिकाकी आफन्तजनहरुले लगाएका छन ।नेपाल पत्रकार महासंघ पर्सामा पत्रकार सममेलन गरि पर्साको सखुवा प्रसौनी गाउपालिका ५ की ५० बर्षीय पार्बती देबी गिरीले प्रहरीले नै आफनो नाबालिका नातिनी भगाएको आरोप लगाउनु भएको छ ।प

त्रकार सम्मेलनमा पार्बतीले सोही स्थान का ३० बर्षीय प्रेम बैठाले आफनी १४ बर्षकी नाबालिका नातिनी काजल कुमारी गिरीलाई ललाइ फकाई बेपता पारेको आरोप लगाउनु भएको हो ।

गत असोज २९ गते रातिबाट नै आफनो नातिनी काजललाई बैठाले भगाएर हालसम्म बेपता बनाएको काजलका हजुर बुवा शारदा गिरीले आरोप लगाए ।काजललाई भगाएको आरोप लागेका प्रेम बैठा सिन्धुली स्थित नेपाल प्रहरीको मध्य क्षेत्रीय केन्द्र दुधौलीमा परिचरमा पदमा कार्यरत रहेको बताइएको छ ।

हजुर बुवा गिरीले प्रहरीमा चेलीबेटी बेचविखन समबन्धी मुद्दा पनि कार्तिककै दिएको तर हालसमम आफनो नातिनी काजललाई फेला पार्न नसकेकोले पुरै परिवार नै दुखित हुन पुगेको जिकिर गर्नु भयो ।

काजललाई भगाउने राति नै बैठाले घरमा भएको नगद गर गहना समेत साथमा लिएर गएको पिडीत पक्षले पत्रकार सम्मेलनमा जानकारी गराए ।रु २ लाख नगद सहित गर गहना लिएर कुल ३ लाख ७४ हजार २ सय लिएर बैठाले काजललाई भगाएको पिडीत पक्षले दाबी गरेका थिए ।

आफनी नातिनीलाई भगाउनमा सहयोग गर्नै छिमेकी पार्वती देवी गिरी,भगेलु दुसाध,लक्ष्मिनीया देवी दुसाधिन,निदेश दुसाध,विहारी दुसाध,विनोद दुसाध,अधिया वेवी दुसाधिन,रुपेश दुसाध र विकाश दुसाध बिरुद्ध पनि प्रहरीमा जाहेरी दिएको काजलकी हजुर आमा र हजुर बुवाले जानकारी दिए ।

तपाईको प्रतिक्रिया

अन्तराष्ट्रिय

डिभी चिठ्ठा बन्द गर्ने विधेयक अमेरिकी संसदबाट अस्वीकृत, नेपालीलार्इ राहत

डिभी चिठ्ठा बन्द गर्ने विधेयक अमेरिकी संसदबाट अस्वीकृत, नेपालीलार्इ राहत


विचार/ब्लग

नेपाल प्रहरीको उदाउँदो किरण: सर्बेन्द्र खनालको आगामि यात्रा

श्रावन ०५ बिहीवार, हेटौंडा । गृह मन्त्रालयका बढुवा समितिले भर्खरै गरेको एस.एस.पि.को बढुवा सिफारीसमा १५ जना प्रतिस्पर्धीलाई उछिन्दै कार्यसम्पादनको आधारमा डि.आई.जि.को बढुवा सिफारीसमा १ नम्बरमा पर्न सफल हुनु भएको छ ।