प्रदेश ३ को मुख्यमन्त्री छान्न एमालेमा शुक्रबार चुनाव

   
24   पटक पढिएको

२४ माघ, काठमाडौं । प्रदेश ३ को मुख्यमन्त्री बन्नका लागि करिब आधा दर्जन प्रत्याशी मैदानमा देखिएपछि एमालेले निर्वाचनबाट संसदीय दलको नेता छान्ने भएको छ ।

 

प्रदेश ३ कमिटीको बुधबार विहान बसेको सचिवालय बैठकले माघ २६ गते दलको नेता चयन गर्ने निर्णय गरेको हो ।

ललितपुरको च्यासलस्थित तुलसीलाल स्मृति प्रतिष्ठानमा बैठक बसेर नेता चयन हुने हुने एमाले पोलिटव्यूरो सदस्य तथा प्रदेश ३ का सांसद अरुण नेपालले जानकारी दिए । सकेसम्म सहमति कायम गर्ने र नभएमा लोकतान्त्रिक प्रक्रियाबाट दलको नेता चयन हुने उनले बताए ।

भावी मुख्यमन्त्री मानिएको प्रदेश ३ को दलको नेता बन्न एमालेमा करिब आधा दर्जन प्रत्यासी छन् । प्रदेश संयोजक तथा उपाध्यक्ष अष्टलक्ष्मी शाक्य र पोलिटव्यूरो सदस्य तथा पूर्वमन्त्री राजेन्द्र पाण्डे मुख्य प्रतिस्पर्धीका रुपमा देखिएका छन् ।

उनीहरु दुवै माधव नेपाल पक्षका भए पनि पछिल्लो समय पाण्डे ओली पक्षमा देखिएका छन् ।

माधव नेपाल पक्षकै पशुपति चौलागाईले पनि दाबी गरेका छन् । संस्थापन पक्षबाट पोलिटव्यूरो सदस्य सानुकुमार श्रेष्ठ, काठमाडौं महानगरपालिकाका पूर्वमेयर केशव स्थापित, हेटौंडाका पूर्वमेयर डोरमणी पौडेल र रामेछापका कैलाश ढुंगेलले मुख्यमन्त्री दाबी गरेका छन् ।

तपाईको प्रतिक्रिया

अन्तराष्ट्रिय

डिभी चिठ्ठा बन्द गर्ने विधेयक अमेरिकी संसदबाट अस्वीकृत, नेपालीलार्इ राहत

डिभी चिठ्ठा बन्द गर्ने विधेयक अमेरिकी संसदबाट अस्वीकृत, नेपालीलार्इ राहत


विचार/ब्लग

नेपाल प्रहरीको उदाउँदो किरण: सर्बेन्द्र खनालको आगामि यात्रा

श्रावन ०५ बिहीवार, हेटौंडा । गृह मन्त्रालयका बढुवा समितिले भर्खरै गरेको एस.एस.पि.को बढुवा सिफारीसमा १५ जना प्रतिस्पर्धीलाई उछिन्दै कार्यसम्पादनको आधारमा डि.आई.जि.को बढुवा सिफारीसमा १ नम्बरमा पर्न सफल हुनु भएको छ ।