सिमरा गोल्डकपको सबै तयारी पुरा, धुर्मुस सुन्तलीले उदघाटन गर्ने 

   
36   पटक पढिएको

तस्विर ः प्रतियोगिताबारे जानकारी दिंदै क्लबका पदाधिकारी ।

२४ माघ सिमरा
खाउदो माघ २५ गतेबाट बाराको सिमरा रङ्गशालामा हुन गइरहेको रुस्लान नवौं सिमरा गोल्डकपको सबै तयारी पुरा भएको छ । प्रतियोगिता आयोजक नवजनजागृती यूवा क्लबले मंगलवार सिमरामा पत्रकार सम्मेलनको आयोजना गरि प्रतियोगिताको अन्तिम तयारी बारे जानकारी गराएको हो ।

आयोजक क्लबका अध्यक्ष कासिम मियाँले प्रतियोगितामा १० टिमको सहभागिता रहने जानकारी दिए । प्रतियोगिताको दुई संस्करणको विजेता मनाङ मस्र्याङदी क्लबले अन्तिम समयमा आएर प्रतियोगितामा सहभागि हुन नसक्ने बताएपछि आयोजक क्लबको निलो र सेतो गरि २ टिम प्रतियोगितामा सहभागि हुने मियाँले बताए ।

‘आफ्ना अधिकाँश खेलाडी घाईते भएकाले प्रतियोगितामा भाग लिन नसक्ने पत्र मनाङले सोमबार मात्रै पठाएको छ’ मियाँले भने ।प्रतियोगितामा साविक विजेता सिएमजि क्लब संकटा, रुस्लान थ्रिस्टार क्लब, त्रिभूवन आर्मी क्लब, नेपाल एपिएफ क्लब, मोरङ फुटबल क्लब विराटनगर, वीरगञ्ज युनाईटेड क्लब वीरगञ्ज, सुदुरपश्चिम ११ स्पोर्टस क्लब धनगढी, विजय युथ क्लब धनगढी सहित आयोजक नवजनजागृती यूवा क्लबको एन.जे.जे.वाई.सि., ‘सेतो’ र एन.जे.जे.वाई.सि. ‘निलो’ गरि १० टिमको सहभागिता रहने छ ।

आगामी फागुन ५ गते सम्म चल्ने प्रतियोगिताको विजेताले पाँच लाख एकाउन्न हजार र उपविजेताले दुई लाख पचास हजार रुपैयाँ प्राप्त गर्नेछन् ।

प्रतियोगिताको सर्वोत्कृष्ट खेलाडीले एक थान मोटरसाईकल तथा विभिन्न ७ विधाका उत्कृष्ट खेलाडी तथा प्रशिक्षकले जनही १५ हजार रुपैयाँ प्राप्त गर्नेछन् ।

यस्तै प्रत्येक खेलको म्यान अफ दि म्याचले पाँच हजार रुपैयाँ प्राप्त गर्नेछन् ।विजय डिष्टिलरी नवलपरासीको मूख्य प्रायोजनमा हुने प्रतियोगितामा आइ.एम.ई. जेनरल इन्स्योरेन्स लिमिटेड संगको सहकार्यमा खेलाडी, दर्शक तथा आयोजक समेतको दुर्घटना विमाको व्यवस्था समेत गरिएको आयोजक क्लबका महासचिब शम्भुसिंह ठकुरीले जानकारी दिनुभयो ।

माघ २५ गते हुने भव्य समारोहका विच चर्चित कलाकार तथा समाजसेवी जोडी सिताराम कट्टेल ‘धुर्मुस’ र कुञ्जना घिमिरे ‘सुन्तली’ ले प्रतियोगिताको उदघाटन गर्ने कार्यक्रम तय भएको आयोजक क्लबका अध्यक्ष मियाँले जानकारी दिए ।

प्रतियोगिताको उदघाटन खेलमा हेटौंडाको विजय युथ क्लब र आयोजक नवजनजागृती यूवा क्लबको एन.जे.जे.वाई.सि.‘सेतो’ टिम विच प्रतिस्पर्धा हुनेछ ।

प्रतियोगिता सम्पन्न गर्न कुल ७५ लाख ९८ हजार रुपैयाँ खर्च लाग्ने अनुमान आयोजकले गरेको छ । प्रतियोगिताका प्रेस संयोजक सुनील गाउँलेको सहजीकरणमा सम्पन्न पत्रकार सम्मेलनमा आयोजक क्लबका अध्यक्ष मियाँ, महासचिब ठकुरी, उपाध्यक्ष शंकर थापा, इन्द्र दुलाल, सचिब श्याम सुवेदी, पूर्व अध्यक्ष राजकुमार भट्टराई, सदस्य राजदास श्रेष्ठ लगायतको उपस्थिती रहेको थियो ।

 

तपाईको प्रतिक्रिया

अन्तराष्ट्रिय

डिभी चिठ्ठा बन्द गर्ने विधेयक अमेरिकी संसदबाट अस्वीकृत, नेपालीलार्इ राहत

डिभी चिठ्ठा बन्द गर्ने विधेयक अमेरिकी संसदबाट अस्वीकृत, नेपालीलार्इ राहत


विचार/ब्लग

नेपाल प्रहरीको उदाउँदो किरण: सर्बेन्द्र खनालको आगामि यात्रा

श्रावन ०५ बिहीवार, हेटौंडा । गृह मन्त्रालयका बढुवा समितिले भर्खरै गरेको एस.एस.पि.को बढुवा सिफारीसमा १५ जना प्रतिस्पर्धीलाई उछिन्दै कार्यसम्पादनको आधारमा डि.आई.जि.को बढुवा सिफारीसमा १ नम्बरमा पर्न सफल हुनु भएको छ ।