पर्सा प्रहरीद्धारा लागुऔषधसहित ५ युवक पक्राउ

   
95   पटक पढिएको

राम मण्डल माघ २३ बीरगञ्ज
पर्सा प्रहरीले लागु औषध नाइट्रोभेट ट्यावलेट सहित एक युवकलाई पक्राउ गरेको छ ।पक्राउ पर्नेमा वीरगञ्ज महानगरपालिका १ का १८ बर्षीय अब्दुल आलम रहेका छन ।

भारत रक्सौलबाट वीरगंज तर्फ पैदल आईरहेको अवस्थामा आलमलाई चेकजाँच गर्ने क्रममा प्रहरीले उनको साथबाट २७३ पिस लागुऔषध नाइट्रोभेट ट्यावलेट  बरामद गरेको हो ।

लागु औषध नियन्त्रण व्युरो, शाखा बीरगंज र प्रहरी चौकी ईनर्वा,बाट खटिएको संयुक्त प्रहरी टोलिले बिरगञ्जको रजतजयन्ती चोकबाट चेकजाँच गर्ने क्रममा उक्त परिमाणको लागुऔषध बरामद गरेको हो ।पक्राउ परेका आलम बिरुद्ध लागुऔषध मुदा दर्ता गरि थप अनुसन्धान भईरहेको जिल्ला प्रहरी कार्यालय पर्साले जनाएको छ ।

यसैगरि प्रहरीले भारतबाट नेपालमा बिक्रि गर्नको लागि ल्याइएको लागु औषध ईन्जेक्सन सहित २  युवकलाई पक्राउ गरेको छ ।जिल्ला प्रहरी कार्यालय पर्साका प्रहरी निरिक्षक ज्ञान कुमार महतोको कमाण्डमा खटिएको प्रहरी टोलीले बीरगञ्ज महानगरपालिका ९ कुम्हालटोलका १८ बर्षीय मनिष श्रीवास्तव र बारा जिल्ला कलैया उपमहानगरपालिका २३ भटौडाका २२ बर्षीय नकुल प्रसाद पटेललाई पक्राउ गरेको हो ।

पक्राउ परेका श्रीवास्तव र पटेलको साथबाट प्रहरीले लागुऔषध ईन्जेक्सन डाईजील्याव ६० पिस, लुपिजेसिक ६० पिस, र ६० पिस  फेनारगन बरामद गरेको छ ।लागुऔषध सहित पक्राउ परेका दुबैजना बिरुद्ध मुद्दा दर्ता गरी थप अनुसन्धान भईरहेको पर्सा प्रहरीका प्रबक्ता एवम प्रहरी नायब उपरिक्षक राजन लिम्बुले जानकारी दिनुभयो ।

तपाईको प्रतिक्रिया

अन्तराष्ट्रिय

डिभी चिठ्ठा बन्द गर्ने विधेयक अमेरिकी संसदबाट अस्वीकृत, नेपालीलार्इ राहत

डिभी चिठ्ठा बन्द गर्ने विधेयक अमेरिकी संसदबाट अस्वीकृत, नेपालीलार्इ राहत


विचार/ब्लग

नेपाल प्रहरीको उदाउँदो किरण: सर्बेन्द्र खनालको आगामि यात्रा

श्रावन ०५ बिहीवार, हेटौंडा । गृह मन्त्रालयका बढुवा समितिले भर्खरै गरेको एस.एस.पि.को बढुवा सिफारीसमा १५ जना प्रतिस्पर्धीलाई उछिन्दै कार्यसम्पादनको आधारमा डि.आई.जि.को बढुवा सिफारीसमा १ नम्बरमा पर्न सफल हुनु भएको छ ।