प्रदेश सभामा हिन्दीमा संबोधन गरेको भन्दै राजपा र फोरमको पुत्ला जलाइयो

   
54   पटक पढिएको

२३ माघ, प्रदेशसभा बैठकमा हिन्दी भाषामा संबोधन गरेको भन्दै धनुषाको जनकपुरमा संघीय समाजवादी फोरम र राष्ट्रिय जनता पार्टीको पुत्ला जलाइएको छ ।

 

स्थानीय युवाहरुले जनकपुरको जानकी चोकमा दुवै पार्टीको पुत्ला बनाएर जलाएका हुन् ।

माघ २१ गते जनकपुरमा भएको प्रदेशसभा २ को बैठकमा फोरम र राजपाका सांसदहरुले हिन्दी भाषामा संबोधन गरेका थिए ।

यो सगै देश नम्बर दुईमा मातृभाषाको विवाद चर्किएको छ । स्थानीय युवाहरुले मैथिली, भोजपुरी र अन्य मातृभाषालाई वेवास्ता गर्दै हिन्दी भाषामा सम्बोधन गरेको भन्दै दुई पार्टीको पुत्ला जलाएका हुन् ।

पुत्ला दहनको क्रममा स्थानीय युवाहरूको प्रहरीसँग पुत्ला खोसाखोस भएको थियो ।

मातृभाषामा संबोधन नगरी हिन्दीमा संबोधन गरेकाले विरोध जनाएको स्थानीय युवक  सुशील कर्णले बताए ।

 

तपाईको प्रतिक्रिया

अन्तराष्ट्रिय

डिभी चिठ्ठा बन्द गर्ने विधेयक अमेरिकी संसदबाट अस्वीकृत, नेपालीलार्इ राहत

डिभी चिठ्ठा बन्द गर्ने विधेयक अमेरिकी संसदबाट अस्वीकृत, नेपालीलार्इ राहत


विचार/ब्लग

नेपाल प्रहरीको उदाउँदो किरण: सर्बेन्द्र खनालको आगामि यात्रा

श्रावन ०५ बिहीवार, हेटौंडा । गृह मन्त्रालयका बढुवा समितिले भर्खरै गरेको एस.एस.पि.को बढुवा सिफारीसमा १५ जना प्रतिस्पर्धीलाई उछिन्दै कार्यसम्पादनको आधारमा डि.आई.जि.को बढुवा सिफारीसमा १ नम्बरमा पर्न सफल हुनु भएको छ ।