अनेरास्वीयु क्रान्तिकारी र अनेरास्वीयु द्धारा ठाकुराम  क्याम्पस प्रमुखलाई ज्ञापन पत्र

   
215   पटक पढिएको

२२ माघ बीरगंज पर्सा 
नेकपा एमाले निकट बिद्यार्थी संगठन अनेरास्वीयु र नेकपा माओबादी केन्द्र निकट अनेरास्वीयु क्रान्तिकारीले सोमबार संयुक्त रुपमा ठाकुर राम बहुमुखी क्याम्पस बीरगंजका प्रमुख प्रमोद कुशवाहालाई ज्ञापन पत्र बुझाएका छन ।

क्याम्पसले स्नातकोत्तर तहको प्रथम बर्षको भर्नाको लागि प्रबेश परिक्षाको आबेदन शुल्कमा अनियमित्ता गरेको भन्दै सच्याउनु पर्ने मांग गर्दै ज्ञापन पत्र बुझाएको हो । त्रि।बी।ले तोकेको रकम भन्दा ५ सय बढी रकम अशुल गरेको भन्दै संगठनहरुको गम्भीर ध्यान आकर्षण भएको अनेरास्वीयु क्रान्तिकारीका र अनेरास्वीयुका क्याम्पस इन्चार्जले जनाएका छन ।

क्याम्पस प्रशासनले तोककेो भन्दा बढी शुल्क लिनुपर्ने निर्णय ततकाल नसच्याए बिधार्थी संगठनले संघर्षका कार्यक्रम सहित आन्दोलन गर्ने चेतावनी समेत दिएको छ ।

अनेरास्वीयु क्रान्तिकारीका जिल्ला इन्चार्ज शिवम साहको नेतृत्वमा ज्ञापन पत्र बुझाउन गएको टोलीमा अनेरास्ववियु का क्याम्पस इन्चार्ज अजीत गुप्ता ,अनेरास्वीयु क्रान्तिकारीका केन्द्रिय सदस्य इशक कुमार, बिधार्थी नेता सुधिर पण्डित, अमित साह, मनसाद आलमको सहभागिता रहेको थियो ।

तपाईको प्रतिक्रिया

अन्तराष्ट्रिय

डिभी चिठ्ठा बन्द गर्ने विधेयक अमेरिकी संसदबाट अस्वीकृत, नेपालीलार्इ राहत

डिभी चिठ्ठा बन्द गर्ने विधेयक अमेरिकी संसदबाट अस्वीकृत, नेपालीलार्इ राहत


विचार/ब्लग

नेपाल प्रहरीको उदाउँदो किरण: सर्बेन्द्र खनालको आगामि यात्रा

श्रावन ०५ बिहीवार, हेटौंडा । गृह मन्त्रालयका बढुवा समितिले भर्खरै गरेको एस.एस.पि.को बढुवा सिफारीसमा १५ जना प्रतिस्पर्धीलाई उछिन्दै कार्यसम्पादनको आधारमा डि.आई.जि.को बढुवा सिफारीसमा १ नम्बरमा पर्न सफल हुनु भएको छ ।