कृषि विकास कार्यालय बाराका कर्मचारीहरुको लापरवाहीका कारण बाराका मकै किसानहरु चिन्तित

   
79   पटक पढिएको

बिमला गुप्ता / बीरगञ्ज २१ माघ २०७४

विगत एक महिना देखी भएको शीतलहरले गर्दा मकै खेतिमा विभिन्न रोग लागेपछि कृषि विकास कार्यालय बाराका कर्मचारीहरुले समय मैं अनुगमन तथा निरिक्षण नगर्दा मकै खेति गर्ने बाराका किसानहरु अहिले चिन्तित भएका छन् । कात्तिक महिनामा लगाएको हिउँदे मकै चैत अन्तिम साता सम्म तयार हुन्छ तर यसपालि अत्याधिक चिसो खसेका कारण मकै बालिमा रोग लागेपछि समयमै बिरुवा राम्ररी बढ्न नपाउनु साथै नगदे बालीको रुपामा रहेको मकै बालीमा किरा लाग्ने समस्या हुदा बारा जिल्लाका किसानहरु चिन्तित बनेका हुन् । औषधि छर्दापनि रोग को प्रकोप कम नहुने हँुदा किसानहरु समस्यामा परेका छन् ।

चिसोको कारण दश प्रतिशत भन्दा बढी बिरुवा नष्ट हुँनुको साथै कृषि विकास कार्यालय बाराका कर्मचारीहरुले समय मैं अनुगमन तथा निरिक्षण नगर्दा मकै खेति गर्ने बाराका किसानहरु झनै समस्यामा परेका छन् । कोल्हिबनगरपालिका वडा न.९ मुसहरनाका किसान बिष्णु सापकोटाका अनुसार माघको अन्तिम साता सम्म मकैको बोटको सचाई छ देखी सात फिट सम्म हुनुपर्ने हो तर यो वर्षको सितलहरले गर्दा समयमै बिरुवा राम्ररी बढ्न नपाउदा बोटको उचाई जम्मा डेढ दुई फिट भएकोले यसपाली चिसोको कारण मकैको बोटमा घोघा पनि कम लागेकाले सोचे जस्तो उत्पादन हुने सम्भावना नदेखिएकाले अहिले देखि नै आफुहरुलाइ चिन्तित बनाएको बताउनुहुन्छ।  

मकै खेतीगर्दै आएकाकिसानहरुको संख्या बारा जिल्लामा ७२.९८ प्रतिशत रहेको कृषिविकास कार्यालयले जनाएको छ ।  कार्यालयमा कर्मचारीको अभाव रहेकाकारण प्रभावित क्षेत्रमा अनुगमन तथा निरिक्षण गर्न नसएिको जिल्ला कृषिविकास कार्यालय बाराका वरिष्ठ कृषिअधिकृत शिवरत्न साहले बताए । जिल्ला कृषि विकास कार्यालय बाराका अनुसार जिल्लामा यो वर्ष १३ हजार चार सय पचास हेक्टर क्षेत्रफलमा  हिउँदे मकै खेती गरिएको छ  ।

कृषि व्यवसायले चिनिएको बारा जिल्लामा यसरी दिन प्रति दिन रोग र किराको प्रकोपका कारण किसानहरु पिड्ति हुँदै आएका छन् । कहिले उन्नतजातको बिउ नपाउनु त कहिले चाहे अनुुसारको मलनपाएको गुनासो किसानले गर्दै आएका छन् । शीतलहरकाकारण यसपालीकिसानले लगाएको मकैमा देखिएको रोगले फेरि उनीहरुलाई चिन्तिबनाएको छ । कर्मचारी अभावकाकारण देखाउँदै कृषिविकास कार्यालय आफ्नो कर्तव्यबाट पन्छिन मिल्दैन । त्यसैले सम्बन्धित निकायले समय समयमा अनुगमन तथा कृषिसँग सम्बन्धित विभिन्न तालिमहरु दिनु पर्ने आवश्यक देखिन्छ ।

 

तपाईको प्रतिक्रिया

अन्तराष्ट्रिय

डिभी चिठ्ठा बन्द गर्ने विधेयक अमेरिकी संसदबाट अस्वीकृत, नेपालीलार्इ राहत

डिभी चिठ्ठा बन्द गर्ने विधेयक अमेरिकी संसदबाट अस्वीकृत, नेपालीलार्इ राहत


विचार/ब्लग

नेपाल प्रहरीको उदाउँदो किरण: सर्बेन्द्र खनालको आगामि यात्रा

श्रावन ०५ बिहीवार, हेटौंडा । गृह मन्त्रालयका बढुवा समितिले भर्खरै गरेको एस.एस.पि.को बढुवा सिफारीसमा १५ जना प्रतिस्पर्धीलाई उछिन्दै कार्यसम्पादनको आधारमा डि.आई.जि.को बढुवा सिफारीसमा १ नम्बरमा पर्न सफल हुनु भएको छ ।