पर्साको पोल्ट्री फार्मबाट भारतबाट ल्याइएको ४ सय तयारी ब्रोइलर कुखुरा बरामद

   
140   पटक पढिएको

माघ २१ बीरगञ्ज
पर्सा प्रहरीले नेपालको पोल्ट्री फार्ममा भारतबाट ल्याइएको तयारी ब्रोइलर कुखुरा बरामद गरेको छ ।पर्साको बिन्दबासिनी गाउँपालिकामा सोही ठाउँका मोन्टु पाण्डेले संचालन गर्दै आएको पोल्ट्री फार्ममा भारतबाट ल्याइएको  ४ सय ब्रोइलर कुखुरा राखिएको अवस्थामा प्रहरीले बरामद गरेको हो ।बिशेष सुचनाको आधारमा जिल्ला प्रहरी कार्यालय पर्साबाट खटेको  प्रहरी टोलीले उक्त परिमाणको भारतीय कुखुरा बरामद गरेको हो ।सोमबार प्रहरीले कुखुरा व्यवसायी संघ, पर्साका अध्यक्ष मुन्ना चौरसीया र स्थानिय भद्र भलाद्मीहरुसहित प्गेको प्रहरी टोलीले पोल्ट्री फार्ममा चेकजाँच गर्दा तयारी अवस्थामा रहेका ब्रोईलर कुखुरा ४ सय भारतीय कुखुरा फेला पारेको थियो  ।बरामद भएका भारतीय कुखुरालाई आवशयक कारवाहीको लागी पशु क्वारेन्टाइन चेकपोष्ट पर्सामा पठाइएको जिल्ला प्रहरी कार्यालय पर्साका प्रहरी नायब उपरिक्षक एवम प्रहरी प्रबक्ता राजन लिम्बुले जानकारी दिनुभयो ।

 

यसैगरि प्रहरीले पर्साबाट १५ सय कुखुराको चल्ला बरामद गरेको छ ।अस्थायी प्रहरी पोष्ट  उदयपुरघुर्मी र जिल्ला प्रहरी कार्यालय पर्साबाट खटेको संयुक्त प्रहरी टोलीले बीरगञ्ज महानगरपालिका २७, उदयपुरघुर्मीबाट २४ वटा कार्टुनमा रहेको १,५०० कुखुराको चल्ला बरामद गरेको हो मोटरसाईकलमा भारतबाट नेपाल तर्फ ल्याइरहेको अवस्थामा सो परिमाणको चल्लासहित मोटरसाईल पनि बरामद गरिएको हो ।चल्ला तस्कर भने प्रहरीलाई देख्नासाथ मोटरसाईकल र चल्ला छोडी फरार भएका थिए ।बरामद गरिएको चल्ला आवश्यक कारवाहीको लागी  पशु क्वारेन्टाइन चेकपोष्ट पर्सामा पठाइएको जिल्ला प्रहरी कार्यालय पर्साले जनाएको छ । । 

तपाईको प्रतिक्रिया

अन्तराष्ट्रिय

डिभी चिठ्ठा बन्द गर्ने विधेयक अमेरिकी संसदबाट अस्वीकृत, नेपालीलार्इ राहत

डिभी चिठ्ठा बन्द गर्ने विधेयक अमेरिकी संसदबाट अस्वीकृत, नेपालीलार्इ राहत


विचार/ब्लग

नेपाल प्रहरीको उदाउँदो किरण: सर्बेन्द्र खनालको आगामि यात्रा

श्रावन ०५ बिहीवार, हेटौंडा । गृह मन्त्रालयका बढुवा समितिले भर्खरै गरेको एस.एस.पि.को बढुवा सिफारीसमा १५ जना प्रतिस्पर्धीलाई उछिन्दै कार्यसम्पादनको आधारमा डि.आई.जि.को बढुवा सिफारीसमा १ नम्बरमा पर्न सफल हुनु भएको छ ।