राजधानीको माग गर्दै वीरगंज बन्द,३ वटा सवारी साधनमा तोडफोड(फोटो फिचर सहित)

   
91   पटक पढिएको

एकलब्य गुप्ता /बिरगंज २१ माघ २०७४


बिरगञ्जलाई प्रदेश नमबर २ को प्रादेशिक राजधानी बनाउन  माग गर्दै सोमबार  गरिएको एक दिने वीरगंज बन्द साझ ५ बजेबाट खुलेको छ ।बीरगञ्जलाई प्रदेश राजधानीको माग गर्दै विगत एक महिनादेखि आन्दोलनरत संघर्ष समितिले सोमबार एकदिनका लागि वीरगंज बन्द अव्हान गरेको थियो ।बन्दका कारण विहानै देखि लामो तथा छोटो दुरीको सवारीसाधन ठप्प रहेका छन भने रिक्सा मोटरसाईकलमात्रै चलेका थिए ।सवारी साधन नचलदा लामो तथा छोटो दुरीका लागि यात्रा गर्ने  सर्वसाधारण यात्रु प्रभावित भएका थिए ।बजार, कलकारखाना, शिक्षण सस्था समेत ठप्प थियो।

प्रादेशिक राजधानी जनकपुरमा प्रदेशसभाको पहिलो बैठक बस्न लागेको अवस्थामा संघर्ष समितिले वीरगंज बन्द गरेर विरोध जनाएको हो ।गत माघ ४ गतेपनि बिरगञ्ज राजधानी संघर्ष समितिले एकदिने बन्द आव्हान गरेको थियो ।यसैबीच बन्दको अबज्ञा गरेको भन्दै बीरगञ्जमा आधा दर्जन निजी सवारी साधनहरुमा तोडफोड भएको छ ।बन्दकर्ताहरुले बीरगञ्जको घण्टाघर चोक र आदर्शनगर भोकमा विआर ०५ पीए ३०४० नम्बरको भारतीय स्कारपियो गाडी आदर्शनगरमा बा १० च ८५१३ नम्बरको कार, ना १ ह ६०८० नम्बरको इरिक्सा सहितका आधा दर्जन गाडीहरु तोडफोड गरेका हुन् । आन्दोलनकारीहरुले सोमबार वीरगन्जको घण्टाघर, माइस्थान , मुर्ली , पावर हाउस चोक, प्रतिमा चोक , नगवा , बहुअरी लगायतका स्थानमा बिहानै देखि टायर बालेर प्रदर्शन गरेका थिए ।

यसैबीच बन्दको अबज्ञा गरेको भन्दै बीरगञ्जमा तीन वटा निजी सवारी साधनहरुमा तोडफोड भएको छ ।बन्दकर्ताहरुले बीरगञ्जको घण्टाघर चोक र आदर्शनगर भोकमा विआर ०५ पीए ३०४० नम्बरको भारतीय स्कारपियो गाडी र  नम्बर नखुलेका निजी दुईवटा कारमा तोडफोड गरि क्षति पुरयाएका छन ।

सरकारले गत माघ ३ गते २ नम्वर प्रदेशको अस्थायी राजधानी जनकपुरलाई घोषणा गरेको थियो । संघर्ष समितिले त्यस अघि पुस २१ गतेदेखि नै वीरगंजलाई राजधानी बनाउन माग गर्दै विभिन्न चरणमा आन्दोलन  रिले अनसन पनि गर्दै आइरहेको छ ।जनकपुरमा बस्ने प्रदेशसभाको पहिलो बैठक र त्यसमा सहभागी हुने प्रदेश सांसदलाई खबरदारी गर्नकै लागि सोमबार वीरगंज बन्द गरिएको संघर्ष समितिका सह संयोजक एंव पूर्वसांसद राजकुमार गुप्ताले जानकारी दिनुभयो ।यसैबीच संघर्ष समितिले मंगलबार बिहान ८ बजे बैठक बसेर आन्दोलनका थप कडा कार्यक्रम सार्बजनिक गरिने समितिका प्रबक्ता एवम युवा नेता ओम प्रकाश सर्राफले जानकारी दिनुभयो ।

तपाईको प्रतिक्रिया

अन्तराष्ट्रिय

डिभी चिठ्ठा बन्द गर्ने विधेयक अमेरिकी संसदबाट अस्वीकृत, नेपालीलार्इ राहत

डिभी चिठ्ठा बन्द गर्ने विधेयक अमेरिकी संसदबाट अस्वीकृत, नेपालीलार्इ राहत


विचार/ब्लग

नेपाल प्रहरीको उदाउँदो किरण: सर्बेन्द्र खनालको आगामि यात्रा

श्रावन ०५ बिहीवार, हेटौंडा । गृह मन्त्रालयका बढुवा समितिले भर्खरै गरेको एस.एस.पि.को बढुवा सिफारीसमा १५ जना प्रतिस्पर्धीलाई उछिन्दै कार्यसम्पादनको आधारमा डि.आई.जि.को बढुवा सिफारीसमा १ नम्बरमा पर्न सफल हुनु भएको छ ।