पर्साको सुवर्णपूरवासीको आन्दोलन जारी

   
592   पटक पढिएको

अञ्जली चौहान / बीरगञ्ज २० माघ २०७४

पर्साको ठोरी गाउँपालिकाको केन्द्र सार्ने निर्णयको विरोधमा सुवर्णपुरवासीले आज पनि आन्दोलन जारी राखेका छन् ।

ठोरी गाउँपालिकाको सेवा केन्द्र सार्ने निर्णयको बिरोधमा आन्दोलनमा उत्रिएको सुवर्णपुरबासीले वीरगंज–ठोरी सडक खण्डमा पाँच दिनदेखी गाडी गुड्न दिएका छैनन् भने बजार पनि पुर्ण रुपमा बन्द गराएका छन् ।

गत माघ १५ गते ठोरी गाउँपालिकाका प्रमुख सहितका जनप्रतीनीधीहरुले परिषदमा गरेको निर्णयको विरुद्ध आन्दोलन गर्दै आएका सुवर्णपुरवासीहरुले आवश्यक छलफल , सुल्लाह सुझाव नै नलिई स्थानीयको ईच्छा विपरीत जबरजस्ती ढंगले परिषद बैठक बसेर अगाडी बढेको भन्दै उक्त निर्णय बदर नगरेसम्म आन्दोलन जारी रहने बताएका छन् ।

विगत पाँच दिनदेखी आन्दोलन गर्दै आएपनि ठोरी गाउँपालिकाका प्रमुख पिएल लगायत सम्बन्धीत पक्षले बेवास्ता गरेको भन्दै संघर्ष समितिीका अध्यक्ष सुन लामाले ठोरी गाउँपालिकाका प्रमुख पिएल श्रेष्ठ लगायतका जनप्रतीनीधीहरुको निर्णय प्रती असन्तुष्टि जनाए ।

उहाँले जनसंख्याको आधारमा पनि सबै भन्दा ठुलो वडा रहेको सुवर्णपुरका जनतालाई परिषदको निर्णयले निराश बनाएको र उक्त निर्णय मान्य पनि नभएकोले फेरी पनि परिषद बैठक बोलाउनुपर्ने माग गरे । सुवर्णपुरका काँग्रेस युवा नेता विश्वराज घिमिरेले सुवर्णपुरवासीलाई वाईपास गरेर ठोरी गाउँपालिकाका जनप्रतीनीधीहरु अगाडी बढ्न नसक्ने चेतावनी दिदैँ गत माघ १५ गतेको निर्णय मान्य नभएकोले उक्त निर्णय बदर गरी फेरी बैठक डाक्नुपर्ने बताए ।

सुवर्णपुरवासीहरु पनि आन्दोलन गरेर खुशी नभएको भन्दै माग पुरा नभएसम्म आन्दोलन नरोकीने भएकोले गाउँपालिका प्रमुख श्रेष्ठले आवश्यक निचोडका लागि पहल गर्नुपर्नेमा घिमिरेले जोड दिए । त्यस्तै सुवर्णपुरमा रहेको विधुतको पोल ढलेको कारण ठोरीको विजयवस्ती लगायतका गाउँ विगत पाँच दिनदेदी अन्धकारमय भएको छ ।

आन्दोलनकारी गाडी चल्न नदिएपछि विधुतको पोल बनाउन नसकिएको बताईएको छ । विधुतको पोल ढलेर विधुत सेवा अवरुद्ध हुँदा विधुतसंगै खानेपानी आपुर्ती समेत बन्द भएको कारण सुवर्णपुर र ठोरीविचको द्वन्द्वमा विजयवस्तीका सम्पुर्ण स्थानीयहरु मारमा परेको गुनासो गरेका छन् ।

उक्त स्थानमा चापाकल लगायतका सुविधा नभएको कारण अबको एक दुई दिनमा खानेपानी समेत खान नपाउने स्थिती सिर्जना भएको विजयवस्तीका स्थानीयवासीहरुको गुनासो रहेको छ ।

गाउँमा विधुत सेवा अवरुद्ध हुँदा ठोरी गाउँपालिका अन्तर्गत विजयवस्तीमा रहेको रेडीयो विजयवस्तीको रेडीयो प्रशारण हुने समय छोट्याईपनि अबको एक दुई दिनमा रेडीयो नै बन्द गर्नुपर्ने अवस्था आएको रेडीयो विजयवस्तीका संतोष श्रेष्ठले गुनासो गरे । साथै उनले रेडीयो विजयवस्तीको मध्यस्थकर्तामा समस्या समाधानका लागि ठोरी गाउँपालिकाका प्रमुख पिएल श्रेष्ठ र सुवर्णपुरका स्थानीयवासीविच छलफल गराउने प्रयास गरेपनि श्रेष्ठले छलफलका लागि सुवर्णपुरवासी ठोरीमै आउनुपर्ने अडान राखेका कारण समस्या झन् बढ्दै गएको बताए ।

आन्दोलन र बन्दले गर्दा हुलाकी राजमार्गको काम समेत ठप्प भएको जनाईएको छ ।  आन्दोलनकारीहरुले आन्दोलन कुनै ब्यक् िवा समुदाय लक्षित नभई सिस्टमको विरुद्ध भएको बताउँदै सेवा केन्द्र यथावत कायम राख्नु पर्ने, सबै वडामा समानढंगले बजेट विनियोजन गर्नु पर्ने , १५ शैयाको अस्पताल सबैलाई पायक पर्ने ठाउँमा राख्नुपर्ने लगायतका माग राखि संघर्ष समिति आन्दोलनमा उत्रिएको बताएका छन् ।

यसैविच बन्दको अवज्ञा गरेको भन्दै आन्दोलनकारीहरुले वी आर ०५ ई ५६९९ नम्बरको गाडीमा आज दिउँसो तोडफोड समेत गरेका छन् । यसैविच ठोरी गाँउपालिका वडा १ र २ का स्थानीय बुद्धिजीवी तथा युवाहरुले आज विभिन्न माग सहितको ज्ञापन पत्र जिल्ला प्रशासन कार्यालयमा बुझाएका छन् । ढालिएको पोल यथाशिघ्र मर्मत गरी सेवा सुविधा पाउने जनताको अधिकार दिलाउन उनीहरुले माग गरेका छन् ।

साथै उनीहरुले यातायात बन्दले गर्दा जनताले समस्या झेल्नुपरेको भन्दै यातायात सुचारु गराउन  र गत १५ गते ठोरी गाउँपालिकाले गरेको निर्णय अभिलम्ब कार्यान्वयन गर्न समेत विज्ञप्ती मार्फत माग गरीएको छ ।

आज ज्ञापन पत्र बुझाउन गएका टोलिमा बलराम सापकोटा , कमल विक्रम तिमिल्सीना , महिला नेतृ लेखमा घिमिरे , वडा नम्बर दुईका समाजसेवी नरबहादुर क्षेत्री , युवा नेता भैरभ बहादुर लगायत रहेको थिए ।

समस्या समाधानका लागि वार्ता टोलि गठन भईसकेको र वार्ताका लागि छिट्टै आह्वान गरीने  ठोरी गाउँपालिकाका प्रवक्ता रामप्रकाश कुंवरले बताए ।

तपाईको प्रतिक्रिया

अन्तराष्ट्रिय

डिभी चिठ्ठा बन्द गर्ने विधेयक अमेरिकी संसदबाट अस्वीकृत, नेपालीलार्इ राहत

डिभी चिठ्ठा बन्द गर्ने विधेयक अमेरिकी संसदबाट अस्वीकृत, नेपालीलार्इ राहत


विचार/ब्लग

नेपाल प्रहरीको उदाउँदो किरण: सर्बेन्द्र खनालको आगामि यात्रा

श्रावन ०५ बिहीवार, हेटौंडा । गृह मन्त्रालयका बढुवा समितिले भर्खरै गरेको एस.एस.पि.को बढुवा सिफारीसमा १५ जना प्रतिस्पर्धीलाई उछिन्दै कार्यसम्पादनको आधारमा डि.आई.जि.को बढुवा सिफारीसमा १ नम्बरमा पर्न सफल हुनु भएको छ ।