काठ तस्कर टायर गाडा सहित एकजना बारा प्रहरीद्धारा पक्राउ

   
39   पटक पढिएको

माघ १७ बारा 
बारा प्रहरीले बुधबार तस्करी गर्न लागिएको काठ, तस्करीमा प्रयोग गरिएको टायर गाडासहित एक जनालाई पक्राउ गरेको छ ।

बुधबार बिहान इलाका प्रहरी कार्यालय निजगढ र अस्थायी प्रहरी पोष्ट पोष्ट सिंगौलको संयुक्त प्रहरी टोलीले निजगढ नगरपालिका १ नमुना बस्ती सिंगोलबाट टायर गाडामा परालले छोपी लुकाई छिपाई ल्याई रहेको अवस्थामा १२ क्यूफिट सालको १५ थान चिरान कडी पक्राउ गरेको हो ।

प्रहरीले काठसहित सोही ठाउका अक्षय चौधरीलाई पनि पक्राउ गरेको छ ।यसैगरि प्रहरीले बुधबार नै बाराको बिभिन्न स्थानमा लुकाई छिपाई राखिएको सालको काठ बरामद गरेको छ ।

प्रहरीले चेकजाँच गर्नेक्रममा निजगढ नगरपालिकाबाट १ लाख ४३ हजार ७ सय ६० रुपैया मुल्य बराबरको सालको  काठ बरामद गरेको हो ।बरामद भएको सालको काठ,टायर गाडा र काठसहित पक्राउ परेका चौधरीलाई आवश्यक कारवाहीको लागी ईलाका बन कार्यालय सिंगौलमा बुझाएको प्रहरीले जनाएको छ ।

तपाईको प्रतिक्रिया

अन्तराष्ट्रिय

डिभी चिठ्ठा बन्द गर्ने विधेयक अमेरिकी संसदबाट अस्वीकृत, नेपालीलार्इ राहत

डिभी चिठ्ठा बन्द गर्ने विधेयक अमेरिकी संसदबाट अस्वीकृत, नेपालीलार्इ राहत


विचार/ब्लग

नेपाल प्रहरीको उदाउँदो किरण: सर्बेन्द्र खनालको आगामि यात्रा

श्रावन ०५ बिहीवार, हेटौंडा । गृह मन्त्रालयका बढुवा समितिले भर्खरै गरेको एस.एस.पि.को बढुवा सिफारीसमा १५ जना प्रतिस्पर्धीलाई उछिन्दै कार्यसम्पादनको आधारमा डि.आई.जि.को बढुवा सिफारीसमा १ नम्बरमा पर्न सफल हुनु भएको छ ।