पाकिस्तान ६९ मै अलआउट, भारत यू–१९ विश्वकपको फाइनलमा

   
44   पटक पढिएको

 

१६ माघ, काठमाडौं । पाकिस्तानमाथि २०३ रनको शानदार जित हात पार्दै भारत यू–१९ विश्वकप क्रिकेटको फाइनलमा प्रवेश गरेको छ । अब उपाधिका लागि अष्ट्रेलियासँग खेल्नेछ ।

 

क्राइस्टचर्चमा पहिले ब्याटिङ गरेको भारतले ५० ओभरमा ९ विकेट गुमाएर २७२ रन बनायो ।

जवाफमा मैदान उत्रिएको पाकिस्तान मात्र ६९ रनमा अलआउट भयो । १० रन जोड्दा पहिलो विकेट गुमाएको पाकिस्तानले ठूलो साझेदारी गर्नै सकेन ।

उसका लागि रोहल नजिरले बनाएको १८ रन बनाए भने साद खानले १५ र मोहम्मद मुसाले ११ रन बनाए । अन्य ब्याट्सम्यानले दोहोरो अंक जोड्न सकेनन् ।

पाकिस्तानलाई सस्तैमा समेट्ने क्रममा इशान पोरलले १७ रन दिएर ४ विकेट लिए भने शिव सिंह र रियान परागले समान २–२ विकेट हात पारे ।

यसअघि भारतको भने सुरुवात राम्रो रह्यो । कप्तान पृथ्वी शाह र मञ्जोत कालराले पहिलो विकेटका लागि ८९ रनको साझेदारी गरे । साह ४१ रनमा आउट भए ।

यो जोडी टुटेपछि भारतले लगातार विकेट गुमायो तर, तेस्रो नम्बरमा आएका शुभम गिलले क्रिजमा टिकिरहे । सातौं विकेटका लागि अंकुल रोयले गिलसँग ७७ रनको साझेदारी गरे । रोय ३३ रनमा आउट भए भने गिल १०२ रनमा अविजित रहे ।

पाकिस्तानका मोहम्मद मुसाले ४ तथा अर्सद इकवालले ३ विकेट लिए ।

तपाईको प्रतिक्रिया

अन्तराष्ट्रिय

डिभी चिठ्ठा बन्द गर्ने विधेयक अमेरिकी संसदबाट अस्वीकृत, नेपालीलार्इ राहत

डिभी चिठ्ठा बन्द गर्ने विधेयक अमेरिकी संसदबाट अस्वीकृत, नेपालीलार्इ राहत


विचार/ब्लग

नेपाल प्रहरीको उदाउँदो किरण: सर्बेन्द्र खनालको आगामि यात्रा

श्रावन ०५ बिहीवार, हेटौंडा । गृह मन्त्रालयका बढुवा समितिले भर्खरै गरेको एस.एस.पि.को बढुवा सिफारीसमा १५ जना प्रतिस्पर्धीलाई उछिन्दै कार्यसम्पादनको आधारमा डि.आई.जि.को बढुवा सिफारीसमा १ नम्बरमा पर्न सफल हुनु भएको छ ।