वीरगंजका चर्चित नेता राजेशमान सिंहकाे नेतृत्वमा प्रदेश दुईकाे तेक्वान्दाे संघ

प्रवक्तामा भूषण यादव

   
682   पटक पढिएको

वीरगंज, १४ माघ । नेपाल तेक्वान्दो संघको प्रदेश नम्वर २ को आज सम्पन्न भेलाले युवा नेता राजेशमान सिंहको नेतृत्वमा तदर्थ समिति गठन गरेको छ । वीरगंजमा सम्पन्न भेलाले सिंहको नेतृत्वमा २३ सदस्यिय तदर्थ समिति गठन गरेको हो ।

समितिको उपध्यक्षमा ४ जना चयन गरिएको छ । उपध्यक्षहरुमा प्रहरी नायव महानिरीक्षक गणेश केसी, यातायात व्यवसायी विनोद मानन्धर, राजनीतिकर्मी शिव पटेल र उद्योगी गोपाल केडिया छन् । मानन्धर, पटेल र केडिया तीनै जना पर्साका हुन् ।

यस्तै महासचिवमा ज्ञानेन्द्र झा (धनुषा) चयन भएका छन् भने सचिवमा विजय शाह ठकुरी (पर्सा) र कोषाध्यक्षमा अजित पाल सिंह (पर्सा) लाइ चयन गरिएको छ ।

यस्तै सदस्यहरुमा भूषण यादव (पर्सा), रम्भा मिश्र (पर्सा), मुन्नी श्रीवास्तव (पर्सा), प्रेमबाबु पटेल (पर्सा), बालकृष्ण पोखरेल (पर्सा), मिना लामा (बारा), शंकर लामा (बारा), जीत सिंह लामा (बारा) र हेमलाल श्रेष्ठ (बारा) चयन भएका छन् । यसैगरी धनबहादुर लामिछाने (रौतहट), चेतबहादुर सिंह (सर्लाही), भूमिलाल लामा (सिराहा), मुकेश कुमार कर्ण (सप्तरी), संजय यादव (धनुषा), किशोर श्रेष्ठ (महोत्तरी) चयन भएका छन् ।

यस्तै संघकाे प्रवक्तामा संघकै सदस्य भूषण यादवलाई चयन गरिएकाे छ । समितिले २ नम्वर प्रदेशमा तेक्वान्दो खेलको संवर्दन र प्रवर्दनका लागि आवश्यक काम गर्ने अधिकार पाएको छ ।

कार्यक्रममा प्रमुख अतिथिको आशनबाट बोल्दै भर्खरै निर्वाचित प्रदेशसभा सदस्य ओमप्रकाश शर्माले खेलकुदकै माध्यमबाट नेपाललाई संसारभर चिनाउन सकिने भएकाले यसको विकासमा सबै लाग्नु पर्ने बताए । उद्योग बाणीज्य संघ वीरगंका अध्यक्ष एवं तेक्वान्दो संघ पर्साका पूर्वा अध्यक्ष समेत रहेका शर्माले तेक्वान्दो खेलकालागि आवश्यक सहयोग गर्न आफु सँधै तत्पर रहेको बताए ।

यस्तै नेपाल तेक्वान्दो संघका केन्द्रिय अध्यक्ष हरीश्वर पोखरेलले अन्तराष्ट्रिय मान्यताप्राप्त तेक्वान्दो खेल शारीरिक अभ्यासका लागी मात्रै नभई स्वंय आत्मरक्षाका लागी पनि महत्वपूर्ण रहेको बताए । मूलुक संघिय प्रणालिमा गइसकेको अवस्थामा संघको दायरा अझ फराकिलो र चुस्त पार्न आफुहरु पनि संघिय ढाँचामा अघि बढेको उनले प्रष्ट पारे । तेक्वान्दो खेललाई २ नम्वर प्रदेशमा शसक्त रुपमा अगाडी बढाउन केन्द्रबाट आवश्यक सहयोग गर्ने पनि उनले प्रतिवद्धता जनाए ।

कार्यक्रममा संघका केन्द्रिय सदस्य गुरु प्रसाद गौतम, संघका ३ नम्वर प्रदेश अध्यक्ष केशव पुरी, क्षेत्रीय खेलकुद विकास समितिका अध्यक्ष मानदेव हजरा, नेपाल पत्रकार महासंघ पर्साका सभापति श्याम बन्जरा लगायतको सहभागिता रहेको थियो ।

तपाईको प्रतिक्रिया

अन्तराष्ट्रिय

डिभी चिठ्ठा बन्द गर्ने विधेयक अमेरिकी संसदबाट अस्वीकृत, नेपालीलार्इ राहत

डिभी चिठ्ठा बन्द गर्ने विधेयक अमेरिकी संसदबाट अस्वीकृत, नेपालीलार्इ राहत


विचार/ब्लग

नेपाल प्रहरीको उदाउँदो किरण: सर्बेन्द्र खनालको आगामि यात्रा

श्रावन ०५ बिहीवार, हेटौंडा । गृह मन्त्रालयका बढुवा समितिले भर्खरै गरेको एस.एस.पि.को बढुवा सिफारीसमा १५ जना प्रतिस्पर्धीलाई उछिन्दै कार्यसम्पादनको आधारमा डि.आई.जि.को बढुवा सिफारीसमा १ नम्बरमा पर्न सफल हुनु भएको छ ।