काबुल आक्रमणः ज्यान गुमाउनेकाे सङ्ख्या ९५ पुग्याे

   
49   पटक पढिएको

माघ १४ –अफगानीस्तानको राजधानी काबुलमा शनिबार भएको आत्माघाती आक्रमणमा ज्यान गुमाउनेको सङ्ख्या ९५ पुगेको छ । १ सय ५८ जनाभन्दा बढी घाइते भएका छन् ।

आक्रमणकारीले विस्फोटक पदार्थ भरेको एम्बुलेन्सलाई लगेर प्रहरीको चेकपोष्टमा विस्फोट गराएको बीबीसीले जनाएको छ । घटना त्यहाँको आन्तरिक मन्त्रालय नजिकै घटाउने योजना भएको हुनसक्ने आशंका गरिएको छ ।

युरोपियन युनीयन, अस्पताल र किनबेच गर्ने स्थान नजिकै गराइएको उक्त आक्रमण स्थानीय समयअनुसार शनिबार १२ बजेर १५ मिनेटमा भएको थियो । अफगान सरकारले उक्त घटनाको भर्सना गरेको छ ।

अमेरिकाका राष्ट्रपति डोनाल्ड ट्रपले घटनापछि तालिवान बिरुद्ध ठोस कदम चाल्नुपर्ने बताउनुभएको छ । सयुक्त राष्ट्रसंघका महासचिव एन्टेरियो गुटेरेसले उक्त घटना मानवता बिरुद्ध भएको टिप्पणी गर्नुभएको छ ।

अफगानीस्तानमा गएको अक्टोबर महिनामा एक हप्ताभित्र १ सय ७६ जना अफगानिस्तानीले ज्यान गुमाएका थिए । त्यस्तै गएको मे महिनामा काबुलमै भएको आत्माघाती बम आक्रमणमा १ सय ५० जनाले ज्यान गुमाएका थिए ।
तालिवान विद्रोहीले आक्रमणको जिम्मेवारी लिएका छन् ।

यसअघि काबुलको एक सुविधासम्पन्न होटलमा तालिवान विद्रोहीले गरेको आक्रमणमा २२ जनाको ज्यान गएको थियो ।

तपाईको प्रतिक्रिया

अन्तराष्ट्रिय

डिभी चिठ्ठा बन्द गर्ने विधेयक अमेरिकी संसदबाट अस्वीकृत, नेपालीलार्इ राहत

डिभी चिठ्ठा बन्द गर्ने विधेयक अमेरिकी संसदबाट अस्वीकृत, नेपालीलार्इ राहत


विचार/ब्लग

नेपाल प्रहरीको उदाउँदो किरण: सर्बेन्द्र खनालको आगामि यात्रा

श्रावन ०५ बिहीवार, हेटौंडा । गृह मन्त्रालयका बढुवा समितिले भर्खरै गरेको एस.एस.पि.को बढुवा सिफारीसमा १५ जना प्रतिस्पर्धीलाई उछिन्दै कार्यसम्पादनको आधारमा डि.आई.जि.को बढुवा सिफारीसमा १ नम्बरमा पर्न सफल हुनु भएको छ ।