यू–१९ विश्वकपको सेमिफाइनलमा भारत र पाकिस्तान भिड्ने

   
42   पटक पढिएको

 


काठमाडौं, माघ  १२ –भारतको युवा टोली न्युूजिल्याण्डमा जारी यू–१९ विश्वकप क्रिकेट प्रतियोगिताको सेमिफाइनलमा प्रवेश गरेको छ । सेमिफाइनलमा भारतको भेट पाकिस्तानसँग हुनेछ । 
पाकिस्तान दक्षिण अफ्रिकालाई हराउँदै सेमिफाइनलमा पुगीसकेको छ ।
 
महादेशीय प्रतिस्पर्धी बंगलादेश विरुद्ध १ सय ३१ रनको जित आत्मसाथ गर्दै तीन पटकको विश्व विजेता तथा गएको संस्करणको उप–विजेता भारत सेमिफाइनलमा पुगेको हो ।
 
क्वीन्सटाउनमा टस जितेर पहिले ब्याटिङ गरेको भारतले इनिङको ४ बल बाँकी रहँदा सबै विकेट गुमाउँदै २ सय ६५ रन बनाएको थियो । भारतका लागि शुभम गिलले सर्वाधिक ८६ रनको योगदान गरे । ९४ बलमा गिलले ९ चौका प्रहार गरे ।
 
भारतका अभिशेक शर्माले अर्धशतक पूरा गर्दा कप्तान पृथ्वी शले ४० र एचएम देसाईले ३४ रन बनाए ।
 
बलिङतर्फ बंगलादेशका क्वाजी ओनीकले ३ तथा नयीम हसन र सइफ हसनले २÷२ विकेट लिए ।
 
२ सय ६६ रनको लक्ष्य पछ्याएको बंगलादेश ४२.१ ओभरमा १ सय ३४ रनमै समेटिएपछि भारतको १ सय ३१ रनको जित निश्चित भयो । बंगलादेशलाई सस्तैमा समेट्न भारतका कमल नगरकोटीले ३ तथा अभिशेक शर्मा र शिभम मावीले २÷२ विकेट लिए ।
 
बंगलादेशका ओपनर पिनाक घोषले ४३ रन बनाए पनि भारतीय बलरको धारिलो बलिङसामू अन्य ब्याट्सम्यान टिकेर खेल्न सकेनन् ।  उज्यालो अनलार्इंनबाट

तपाईको प्रतिक्रिया

अन्तराष्ट्रिय

डिभी चिठ्ठा बन्द गर्ने विधेयक अमेरिकी संसदबाट अस्वीकृत, नेपालीलार्इ राहत

डिभी चिठ्ठा बन्द गर्ने विधेयक अमेरिकी संसदबाट अस्वीकृत, नेपालीलार्इ राहत


विचार/ब्लग

नेपाल प्रहरीको उदाउँदो किरण: सर्बेन्द्र खनालको आगामि यात्रा

श्रावन ०५ बिहीवार, हेटौंडा । गृह मन्त्रालयका बढुवा समितिले भर्खरै गरेको एस.एस.पि.को बढुवा सिफारीसमा १५ जना प्रतिस्पर्धीलाई उछिन्दै कार्यसम्पादनको आधारमा डि.आई.जि.को बढुवा सिफारीसमा १ नम्बरमा पर्न सफल हुनु भएको छ ।