पोर्नस्टारसँग ट्रम्पको अफेयर ?

   
57   पटक पढिएको

न्युयोर्क – पोर्नस्टार स्टेफिनी क्लिफोर्डले अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पसँग आफ्नो अफेयर रहेको कुरा स्वीकार गरेकी छन्। अमेरिकी चुनावका बेला स्टेफिनीसँग ट्रम्पको अफेयर रहेको चर्चा भएको थियो। ट्रम्पसँग उनले अंगालो मारेको तस्बिर समेत सार्वजनिक भएको थियो। त्यो समयमा उनी बोल्न मानेकी थिइनन्।

तर, भर्खरैको एक अन्तर्वार्तामा स्टेफिनीले सन् २००६ मा लेक ताहो होटलमा ट्रम्पसँग समय विताएको र त्यसक्रममा शारीरिक सम्बन्ध कायम भएको कुरा सार्वजनिक गरेको द वाशिंटन पोष्टले जनाएको छ। ट्रम्पले उनलाई नेवादा रिसोर्टमा जुलाई २००६ मा ‘सेलिब्रेटी गल्फ टुर्नामेन्ट’ का क्रममा बोलाएका थिए। स्टेफिनी होटलमा पुग्दा ट्रम्प टेलिभिजन हेरिरहेका थिए। उनी त्यहाँ पुगेपछि दुबैले एकसाथ डिनर गरेको र त्यसपछि शारीरिक सम्बन्ध राखेको दाबी गरिएको छ। यो समयमा ट्रम्पकी पत्नी मेलानिया ६ महिने गर्भवती थिइन्।

स्टिेफेनीले २०१६ को अमेरिकी राष्ट्रपति चुनावका दौरान अफेयरबारे नबोल्नका लागि ट्रम्पले आफूलाई १ लाख ३० हजार डलर दिएको र त्यसैकारण आफूले त्यो समयमा केही नबोलेको उल्लेख गरेकी छन्।   

यद्यपी ट्रम्पका कानूनी सल्लाहकार टिमले स्टेफेनीसँग अफेयर रहेको कुरालाई अस्वीकार गरेको छ। ट्रम्पका वकिल माइकल कोहेनले एक विज्ञप्ति जारी गर्दै पैसा दिएको कुरा पूर्णरुपमा झुटो भएको स्पष्ट पारेका छन्।नागरिक न्युजबाट

तपाईको प्रतिक्रिया

अन्तराष्ट्रिय

डिभी चिठ्ठा बन्द गर्ने विधेयक अमेरिकी संसदबाट अस्वीकृत, नेपालीलार्इ राहत

डिभी चिठ्ठा बन्द गर्ने विधेयक अमेरिकी संसदबाट अस्वीकृत, नेपालीलार्इ राहत


विचार/ब्लग

नेपाल प्रहरीको उदाउँदो किरण: सर्बेन्द्र खनालको आगामि यात्रा

श्रावन ०५ बिहीवार, हेटौंडा । गृह मन्त्रालयका बढुवा समितिले भर्खरै गरेको एस.एस.पि.को बढुवा सिफारीसमा १५ जना प्रतिस्पर्धीलाई उछिन्दै कार्यसम्पादनको आधारमा डि.आई.जि.को बढुवा सिफारीसमा १ नम्बरमा पर्न सफल हुनु भएको छ ।