पाकिस्तानसँग न्युजिल्याण्ड ७ विकेटले विजयी

   
36   पटक पढिएको

माघ ८ –पाकिस्तानसँगको पहिलो ट्वाण्टी ट्वाण्टी क्रिकेटमा न्युजिल्याण्ड ७ विकेटले विजयी भएको छ । एक दिवसीय क्रिकेटको पाँच श्रीङ्खला क्लिन स्वीप गरेको न्युुजिल्याण्डले पहिलो ट्वाण्टी ट्वाण्टी क्रिकेट पनि जितेको हो । 

पाकिस्तानसँग १ सय ६ रनको लक्ष्य पाएको न्युजिल्याण्डले खेल सकिन २५ बल बाँकी हुँदै ३ विकेट गुमाएर लक्ष भेट्टाएको थियो । न्युजिल्याण्डलाई जिताउन कोलिन मुन्रोले नट आउट ४९ रन बनाए । २ विकेट छिट्टै गुमाए पनि न्युजिल्याण्डले सम्हालिएको प्रदर्शन गर्दै जित हात पारेको हो । 

पहिले ब्याटिङ गरेको पाकिस्तानका लागि बाबर आजमले ४१ र हसन अलीले २१ रन बनाउनु बाहेक अरुले दोहोरो अंकमा रन जोड्न सकेनन् । न्युजिल्याण्डका टीम साउथी र सेठ रान्सले तीन–तीन विकेट लिए । न्युजिल्याण्ड र पाकिस्तानले अब ट्वाण्टी ट्वाण्टी क्रिकेटका तीनवटा खेल खेल्नेछन् । 

तपाईको प्रतिक्रिया

अन्तराष्ट्रिय

डिभी चिठ्ठा बन्द गर्ने विधेयक अमेरिकी संसदबाट अस्वीकृत, नेपालीलार्इ राहत

डिभी चिठ्ठा बन्द गर्ने विधेयक अमेरिकी संसदबाट अस्वीकृत, नेपालीलार्इ राहत


विचार/ब्लग

नेपाल प्रहरीको उदाउँदो किरण: सर्बेन्द्र खनालको आगामि यात्रा

श्रावन ०५ बिहीवार, हेटौंडा । गृह मन्त्रालयका बढुवा समितिले भर्खरै गरेको एस.एस.पि.को बढुवा सिफारीसमा १५ जना प्रतिस्पर्धीलाई उछिन्दै कार्यसम्पादनको आधारमा डि.आई.जि.को बढुवा सिफारीसमा १ नम्बरमा पर्न सफल हुनु भएको छ ।