आमा बनिन् सुनिधि

   
58   पटक पढिएको

माघ २, 

बलिउडकी लोकप्रिय पाश्र्व गायिका सुनिधि चौहानले नयाँ वर्ष २०१८ को आगमनसँगै एउटा मूल्यवान उपहार पाएकी छिन् । सुनिधि नयाँ वर्षको पहिलो दिन नै आमा बनेकी हुन् । सुनिधि तथा उनका श्रीमान् हितेश सोनिकले आफ्नो घरमा पहिलो सन्तानका रूपमा छोरा जन्माएका छन् । 

 

जनवरी १ को साँझ सुनिधि मुम्बईको सूर्या अस्पतालमा आमा बनेकी हुन् । विवाह गरेको करिब ६ वर्षपछि आमा भएकी सुनिधिले सन् २०१२ मा संगीतकार हितेशसंग विवाह गरेकी थिइन् । गर्भवती भएको पाँच महिनापछि मात्र उनी आमा बन्ने कुराले चर्चा पाएको थियो । 

 

सुनिधिको पहिलो विवाह १८ वर्षको उमेरमा बबी खानसँग भएको थियो, यद्यपि उनीहरू सन् २००३ मै अलग भएका थिए । एजेन्सी

 

 



 

तपाईको प्रतिक्रिया

अन्तराष्ट्रिय

डिभी चिठ्ठा बन्द गर्ने विधेयक अमेरिकी संसदबाट अस्वीकृत, नेपालीलार्इ राहत

डिभी चिठ्ठा बन्द गर्ने विधेयक अमेरिकी संसदबाट अस्वीकृत, नेपालीलार्इ राहत


विचार/ब्लग

नेपाल प्रहरीको उदाउँदो किरण: सर्बेन्द्र खनालको आगामि यात्रा

श्रावन ०५ बिहीवार, हेटौंडा । गृह मन्त्रालयका बढुवा समितिले भर्खरै गरेको एस.एस.पि.को बढुवा सिफारीसमा १५ जना प्रतिस्पर्धीलाई उछिन्दै कार्यसम्पादनको आधारमा डि.आई.जि.को बढुवा सिफारीसमा १ नम्बरमा पर्न सफल हुनु भएको छ ।