१३ सन्तानलाई चेन र तालाले बाँधेर राख्ने आमा बुवा पक्राउ

   
61   पटक पढिएको

माघ २ – अमेरिकाको क्यालिफोर्नियामा आफ्ना १३ सन्तानलाई बन्धक बनाएर राख्ने आमा बुवालाई प्रहरीले पक्रेको छ । दुईदेखि २९ वर्षसम्मका १३ सन्तानलाई बन्धक बनाउने ५७ वर्षका डेविड एलेन तुर्पिन र ४९ वर्षकी लुइस एना तुर्पिनलाई प्रहरीले उनीहरुकै घरबाट पक्राउ गरेको अमेरिकी सञ्चारमाध्यमले जनाएका छन् ।

बन्धक बनाइएका मध्ये केहीलाई उनीहरुले बिस्तारामा चेन तथा तालाले बाँधेर राखेका थिए । लस एन्जलसबाट ५९ माइल उत्तर पूर्वमा रहेको पैरिसको एक घरबाट १३ जनालाई उद्धार गरिएको छ । आइतबार १७ वर्षकी किशोरीले घरबाट भाग्न सफल भएकी थिइन् । उनले प्रहरीलाई फोन गरेर आफ्ना १२ दाइ दिदी तथा भाइ बहिनीलाई घरमा बन्धक बनाएर राखिएको बताएकी थिइन् ।

त्यसपछि प्रहरी तथा सरकारी अधिकारी गएर बन्धक बनाइएकाको उद्धार तथा उनीहरुलाई बन्धक बनाउने दुईजनालाई पक्राउ गरिएको हो । उद्धार गरिएका १३ जना कुपोषी र सरसफाइमा कमजोरी देखिएको सरकारी अधिकारीले बताएका छन् ।उज्यालो अनलाईन

तपाईको प्रतिक्रिया

अन्तराष्ट्रिय

डिभी चिठ्ठा बन्द गर्ने विधेयक अमेरिकी संसदबाट अस्वीकृत, नेपालीलार्इ राहत

डिभी चिठ्ठा बन्द गर्ने विधेयक अमेरिकी संसदबाट अस्वीकृत, नेपालीलार्इ राहत


विचार/ब्लग

नेपाल प्रहरीको उदाउँदो किरण: सर्बेन्द्र खनालको आगामि यात्रा

श्रावन ०५ बिहीवार, हेटौंडा । गृह मन्त्रालयका बढुवा समितिले भर्खरै गरेको एस.एस.पि.को बढुवा सिफारीसमा १५ जना प्रतिस्पर्धीलाई उछिन्दै कार्यसम्पादनको आधारमा डि.आई.जि.को बढुवा सिफारीसमा १ नम्बरमा पर्न सफल हुनु भएको छ ।