नेपाल प्रहरीमा मधेशका आँश लाग्दो किरण : डि.एस.पि. भुवनेश्वर साह

माओवादी द्वन्द्वले बनायो प्रहरी अफिसर

   
1065   पटक पढिएको

विन्दुभुषण साह

नेपाल प्रहरीमा मधेशका आश लाग्दो किरण हुन प्रहरी नायब–उपरिक्षक भुवनेश्वर साह । रौटहटका पथरा–बुधराम गाविस वडा नं.८ (हाल मौलापुर नगरपालिका वडा नं.७) मा जन्मिनुभएका डिएसपी भुवनेश्वर साह २०५१ सालमा रौटहटको सोनर्निया माविबाट एस.एल.सी.उर्तिण गर्नुभयो । सानैदेखि सामाज सेवा गर्ने सोच बनाएका साह एस.एल.सी.पछि सि.एम.ए. पढे र जिवनमा डाक्टर बनेर सामाज सेवा र मान सम्मान कमाउने उनको सोच थियो । शुरु देखि नैं निडर स्वभावका भुवनेश्व साहको युवा अवस्थामा आएको एउटा पिडाले अपराध र अपराधिलाई सामाजबाट निस्तेज पार्ने सोचले सिंगो राष्ट्रको सेवाको लागि राष्ट्रसेवक प्रहरी अफिसर बने । यिनै प्रहरी नायब उपरिक्षक भुवनेश्वर साह हाल बारा जिल्लामा कार्यरत हुनुहुन्छ । वहासंग साझा सामाचारकर्मी विन्दुभुषण साहले लिनुभएको संक्षिप्त प्रतिक्रिया :

प्रश्न नं.१ :  सबैभन्दा पहिले स्वागत छ यहालाई ?
उतर       :
(मुस्कुराउदै) धन्याबाद ! तपाईलाई पनि ।

प्रश्न नं.२ : तपाईको पढाईको आधारलाई हेर्दा प्रवेशिका उर्तिण पछि सि.एम.ए.पढनुभएछ । 
 डाक्टर बन्नुपर्ने ब्यक्ति प्रहरी अफिसर कसरी बन्नुभयो ? 

उतर   :   वडा रोचक प्रश्न सोध्नुभयो भुषण जी । तपाईको प्रश्न पनि एकदम सान्दर्भिक नै हो । जिन्दगीमा एक छणको घटनाले मान्छेको सोचमा कसरी परिवर्तन गर्छ र कहाँ पुर्याउछ ठेगान हुदैन । ठिक त्यस्तै म र मेरो परिवारमा भएको एउटा घटनाले डाक्टर बन्ने सपना बोकेको मान्छेलाई यहासम्म पुर्याएको छ । खुशी लाग्छ कि जिन्दगीमा कुनै घटनाले पनि मान्छेलाई संर्षघ गर्न सिकाउछ र सफल बनाउछ पनि । नकारात्मक घटनाले पनि सकारात्मक दिशातर्फ डोर्याउछ ।  

प्रश्न नं.३ : त्यो जिन्दगीको घटनाबारे विस्तृत बताउन मिल्छ कि डि.एस.पी साहेब ?
उतर    : (भावुक हुदै अल्मलाए –एकछिन पछि सरसरी भन्न थाले )–२०५१ सालमा प्रवेशिका उर्तिणपछि डाक्टर बन्ने सोचले सि.एम.ए.गरे । सि.एम.ए.पास गरेपछि गाउकै स्वास्थय चौकीमा कार्यरत थिए । त्यस ताका माओबादी द्वन्द्वकाल उत्कर्षमा पुगेको थियो । माओबादीहरु गाउका अलि हैसियत भएका मान्छेलाई विभिन्न धाक,डर त्रास देखाएर चन्दाको नाममा पैसा माग्थे ,नदिनेलाई अपहर गरि गोली समेत ठोक्थे । ठिक एक दिन मेरो घरमा पनि माओबादीहरु पैसा मागेको रहेछन । बुवाले दिनुभएन । अनि भाईलाई अपहरण गरेर ज्यान नै मारी दिने योजना अनुरुप झुकिएर आफुलाई अपहरण गरे ,पछि थाहा पाएपछि छोडयो । घरपरिवार नै त्रसित बने । घरका सबै सदस्यहरु घर छोडेर अन्तै जादै थियो मलाई भनियो म गएन । म भने बरु सामना गर्छु तर घर छोडदिन । अनि त्यहि बेला एकाएक सोच परिवर्तन भयो कि अब डाक्टर होईन प्रहरी बनेर सामाज र राष्ट्रको शान्तिसुरक्षा र अपराधिक गतिविधि निष्तेज पार्न प्रहरी अफिसर नै बन्छु ।

प्रश्न नं.४  : अनि प्रहरी सेवामा कहिले छिर्नुभयो त ?
उतर   :
माओबादी द्वन्द्वकालमा पाएको दुःखले मैले प्रहरी अफिसर बन्ने अठोटले २०६० सालमा असईमा फाराम भरे ,नाम पनि निस्कियो । जुन बेला मान्छेहरु प्रहरीबाट राजिनामा दिदै थिए मैले आवेदन दिए । घरको सदस्यहरु धेरै सम्झाउनुभयो, मैले मानेन । राष्ट्र र सामाज सेवाको लागि शत्रुसंग डर्नु होईन ,डटनु पर्छ ।भाग्नु होईन लडनु पर्छ भन्ने कुरा सम्झाए अनि असईको परिक्षा पास गरे । असईको तालिम लिदैं गर्दा ईन्पेक्टरको पनि विज्ञापन खुल्यो । असईमा कुनै कमाण्ड सम्हाल्न नपाउदै २०६२ भदौ २३ गते प्रहरी निरीक्षकमा नियुक्ति पाए । 

प्रश्न नं.५ : प्रहरी निरीक्षकमा कार्यरत रहदा कहाँ–कहाँ जिम्मेवारी सम्हालुभयो ? अनुभव सुनाउनु न ?
उतर    : प्रहरी निरीक्षकको जिम्मेवारी सम्हालेपछि देशको दुर्गम क्षेत्र तेरहथुम,हुम्ला,लगायत त्यस ताकाको तराईको अति संवेदनशिल मानिएको वीरगंज,सप्तरी,सर्लाही लगायतका जिल्लाहरुमा विशेष गरि अपराधिक गतिविधि निष्तेज पार्न जिम्मेवारी सफलता पुर्वक निर्वाह गरेको छु । 
 

प्रश्न नं.६   : त्यसोभए ,सफलता पुर्वक जिम्मेवारी निर्वाह गरे वापत के पाउनुभयो त ?
उतर          : (हास्दै ...) भौतिक सम्पति र सम्मान पाउनु पाउनु ठुलो होईन मेरो लागि । सबै भन्दा ठुलो कुरा पाएछु म काम गरेको ठाउको जनताको माया,र संगठनको विश्वास । यो बाहेक पाएछु ,सम्झनाको लागि मायाको चिन्हो जुन कि पुरस्कार भनिन्छ । 
प्रश्न नं.७   : प्रहरी सेवामा तपाईको मुख्य चुनौती र काम के बुझनु भएछ ?
उतर        :
प्रहरी संगठनमा मुख्य चुनौतीे भनेको अपराध नियन्त्रण,अपराध अनुसंन्धान र शान्ति     सुरक्षा र यसको सामना गरी अगाडी बढने मुख्य काम रहेको बुझेको छु । 

प्रश्न नं.८  : अब ,अन्त्यमा तपाई बारा जिल्लामा कसरी अगाडी रहनुभएको छ त ?
उतर       :
 सबै भन्दा पहिले हामीले कसैको दवाव स्विकार गर्दैनौ ,दोस्रो अपराधीलाई कुनै पनि हालतमा उन्मुक्ति दिईदैन ,तेस्रो तस्कर र अपराधीसंग साठगाठ राख्ने प्रहरीलाई कारवाही गरेर शुद्घिकरण अभियानका साथ अगाडी बढदै छौ । बारा जिल्लामा अपराधिक गतिविधि निष्तेज पार्न र तस्करि रोक्न प्रहरी उपरिक्षक ज्युको साथ एकदम सराहनीय पनि छ । भुवनेश्वर साह एक्लैले केहि गर्न न सकि सम्पुर्ण टिमको साथ छ । 
 

प्रश्न नं.९   : अन्त्यमा आफनो अमुल्य समय दिएर प्रतिक्रिया दिनुभएकोमा धन्यबाद ।     
उतर        : धन्यबाद ! यहालाई पनि र यहाको टिमलाई । 

 

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु

अन्तराष्ट्रिय

डिभी चिठ्ठा बन्द गर्ने विधेयक अमेरिकी संसदबाट अस्वीकृत, नेपालीलार्इ राहत

डिभी चिठ्ठा बन्द गर्ने विधेयक अमेरिकी संसदबाट अस्वीकृत, नेपालीलार्इ राहत


विचार/ब्लग

नेपाल प्रहरीको उदाउँदो किरण: सर्बेन्द्र खनालको आगामि यात्रा

श्रावन ०५ बिहीवार, हेटौंडा । गृह मन्त्रालयका बढुवा समितिले भर्खरै गरेको एस.एस.पि.को बढुवा सिफारीसमा १५ जना प्रतिस्पर्धीलाई उछिन्दै कार्यसम्पादनको आधारमा डि.आई.जि.को बढुवा सिफारीसमा १ नम्बरमा पर्न सफल हुनु भएको छ ।