म रंगभेदी छैन : ट्रम्प

   
84   पटक पढिएको

माघ १ – अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले आफू रंगभेदी नरहेको बताउनुभएको छ । गएको बिहीबार ओभल अफिसमा आप्रवासी मुद्दामा छलफल गर्न भएको बैठकमा हाइटीसहितका अफ्रिकी देश तथा एल साल्भाडोरलाई ‘सिहोल’ भनेपछि ट्रम्पमाथि रंगभेदी आरोप लागेको थियो ।

ओभल अफिसमा भएको बैठकमा आफूले कुनै पनि देशलाई सिटहोल नभनेको ट्रम्पले दाबी गर्दै आउनुभएको छ । तर बैठकमा सहभागी डेमोक्र्याट नेताले भने ट्रम्पले बारम्बार त्यो शब्दको प्रयोग गरेको बताएका छन् । यस्तै रिपब्लिकन पार्टीका उच्च नेता तथा संसदका सभामुख पउल रायनले पनि ट्रम्पको भनाई दुर्भाग्यपूर्ण रहेको बताउनुभएको छ । अफ्रिकी देशलाई सिटहोल भनेपछि ट्रम्प रंगभेदी रहेको भन्दै सर्वत्र विरोध हुँदै आएको छ । अफ्रिकन युनिएनले त ट्रम्पले माफी माग्नु पर्ने माग गरेको छ । 

यस सम्बन्धमा पहिलो पटक बोल्दै ट्रम्पले आफू आफू रंगभेदी नरहेको दाबी गर्नुभएको हो । पत्रकारसँगको कुराकानीमा आफू निकै कम रंगभेदी रहेको बताउनुभएको हो । उहाँले भन्नुभयो ‘म रंगभेदी छैन । तपाईंले अन्तर्वार्ता लिएका व्यक्तिमध्ये म निकै कम रंगभेदी छु ।’

ट्रम्पले ह्वाइट हाउस प्रेस पुल सम्वाददाताहरुसँग आइतबार राति वेष्ट पाल्म बिचमा रहेको गल्फ क्लबमा बोल्दै आफूमाथि लागेको रंगभेदी आरोपको खण्डन गर्नुभएको हो । उज्यालो अनलाईन

 

तपाईको प्रतिक्रिया

अन्तराष्ट्रिय

डिभी चिठ्ठा बन्द गर्ने विधेयक अमेरिकी संसदबाट अस्वीकृत, नेपालीलार्इ राहत

डिभी चिठ्ठा बन्द गर्ने विधेयक अमेरिकी संसदबाट अस्वीकृत, नेपालीलार्इ राहत


विचार/ब्लग

नेपाल प्रहरीको उदाउँदो किरण: सर्बेन्द्र खनालको आगामि यात्रा

श्रावन ०५ बिहीवार, हेटौंडा । गृह मन्त्रालयका बढुवा समितिले भर्खरै गरेको एस.एस.पि.को बढुवा सिफारीसमा १५ जना प्रतिस्पर्धीलाई उछिन्दै कार्यसम्पादनको आधारमा डि.आई.जि.को बढुवा सिफारीसमा १ नम्बरमा पर्न सफल हुनु भएको छ ।