पर्सामा युवा स्वरोजगार कोषको रकम अनियमितता प्रकरण ,सहकारी संस्थामा खैलाबैला

   
125   पटक पढिएको

वीरगंज,२९पुस 
बेरोजगार युवाहरुलाई रोजगार बनाउने उदेश्यले संचालितयुवा स्वरोजगार कोषको रकम पर्सामा हिनामिना भएको सम्बन्धमा छानविन हुने भएको छ ।

युवा स्वरोजगार कोषको रकममा ब्यापक अनियमिता भएको सामाचार प्रकाशित भएपछि कोषको सचिवालयले पर्साका १० वटा सहकारीको रकम छानविनको तयारीमा जुटेको छ । 

छानविनमा पर्नेमा युवा स्वरोजगार कोष मार्फत साढे ३ बर्षका लागि क्रण लिएर फेज आउट भईसकेका उपकार बचत तथा क्रण सहकारी संस्थाले ४० लाख ,भगवती बचत तथा क्रण सहकारी संस्थाले करिब २२ लाख,र चेतना बचत तथा क्रण सहकारी संस्थाले २५ लाख क्रण रकमको छानविन हुने भएको छ ।

यसैगरि दोस्रो चरणमा रकम लिएका लखनपुरका जय महाविर कृषि सहकारीलाई १५ लाख,रिचवे सहकारी महुवनलाई १३ लाख ५० हजार,अरुणेदय बचत तथा क्रण सहकारी महुवनलाई २५ लाख,हाम्रो बहुउदेश्यीयबचतलाई १७लाख ५० हजार, ओम शिवशक्तिलाई २२ लाख ५० हजार,सेतो गुरासलाई १३ लाख ५० हजार,दिब्य बचत पोखरियालाई १५ लाख ६० हजार,चुरियामाई सहकारीलाई २० लाख ,एकता बचत उदयपुर घुर्मीलाई १२ लाख र किरणभुमी सहकारी महुवनलाई १० लाख गरि १ करोड ६४ लाख निकासा भएको रकमको छानविन गरि रकम रोक्क गर्ने कोषको सचिवालयले जनाएको छ ।  

१९ वटा सहकारी संस्थामार्फत ४ सय ७० जना बेरोजगार युवालाई स्वरोजगार बनाउन न्युन्तम १० प्रतिशत ब्याजमा लगानी गर्न कोषले जनाएपनि पर्सामा ब्यापक अनियमितताको आरोप लागेपछि कोषले छानविन गरि कारवाहीगर्ने जनाएको छ । 
बेरोजगार रहेका युवाहरुलाई उत्पादनमुलक कार्यक्रममा कम्तिमा ५० हजारदेखि बढीमा २ लाखसम्म लगानी गरि स्वरोजगार बनाउने उदेश्यले कोषले पर्सामा २ चरणमा गरि ६ करोड १६ लाख ६२ हजार रकम लगानी गरेको छ । 

छनोटमा परेका सहकारी संस्थाहरुले आफनाआसेपासे र नजिककाब्यक्तिको नाममा केहि रकम निकासा गरि फेरी आफैले फिर्ता लिएर गाउका सर्वसाधारणलाई ३६ देखि ६० प्रतिशतसम्मको ब्याजमा लगाएको र केहि रकमकुनै ब्यक्तिलाई दिएपनि कोषको नियम विपरित १८ देखि २२ प्रतिशतको ब्याजमा रकम कर्जा दिएको आरोप छ ।

युवा स्वरोजगार कोषका एक उच्च अधिकारीका अनुसार पर्सामा लगानी गरिएको सवा ६ करोड रकमको अनुगमन फाईल समेत कोषको सचिवालयमा नभेटिएपछि रकम हिनामिनाको थप शंका पैदा भएको बताए । उनले पर्सामा छनोटमा परेका सहकारी संस्थाले गरेको कार्यप्रगति र स्थलगत अनुगमनबाट आएको रिर्पोटको आधारमा कारवाही प्रक्रिया अगाडी बढाईने बताए । 
दोस्रो चरणमा छनोटमा परेका १० वटा सहकारी संस्थालाई सिफारीस भई आएको १ करोड ९० लाख ३० हजार रकम समेत तत्काल रोक्कागरिने बताए । 

यस सम्बन्धमाकोषको सुचनाअधिकारी संजनावाग्लेले पर्सामा संचालितकार्यक्रमको पुरै विवरण केहि दिनमै उपलब्ध गराउने बताउनुभयो । 

 

तपाईको प्रतिक्रिया

अन्तराष्ट्रिय

डिभी चिठ्ठा बन्द गर्ने विधेयक अमेरिकी संसदबाट अस्वीकृत, नेपालीलार्इ राहत

डिभी चिठ्ठा बन्द गर्ने विधेयक अमेरिकी संसदबाट अस्वीकृत, नेपालीलार्इ राहत


विचार/ब्लग

नेपाल प्रहरीको उदाउँदो किरण: सर्बेन्द्र खनालको आगामि यात्रा

श्रावन ०५ बिहीवार, हेटौंडा । गृह मन्त्रालयका बढुवा समितिले भर्खरै गरेको एस.एस.पि.को बढुवा सिफारीसमा १५ जना प्रतिस्पर्धीलाई उछिन्दै कार्यसम्पादनको आधारमा डि.आई.जि.को बढुवा सिफारीसमा १ नम्बरमा पर्न सफल हुनु भएको छ ।