लायन्स क्लवद्वारा आठ सय कप चिया वितरण

   
59   पटक पढिएको

वीरगंज, ३० पुस ।

लायन्स क्लवले वीरगंजमा आठ सय जनालाई निस्शुल्क चिया वितरण गरेको छ ।

लायन्स क्लवका संस्थापक मेल्विन जोनको जन्मोत्सवको छैठौं दिन आइतवार माइस्थान मन्दिर अगाडीको चौकमा एक कार्यक्रमको आयोजना गरी लायन्स क्लव वीरगंज ग्रीन क्याम्पस आदर्शनगर, राइजिंग, गेटवे, डायमण्ड, मिलिनियम, एमजेएफ, द वाकिंग टिम एनएलएफ एवं अल लायन्स क्लव वीरगंज–जितपुर–सिमराले संयुक्त रुपमा आठ सय कप चिया वितरण गरेको लायन्स क्लवका एम्बेसडर अफ गभर्नर एवं कार्यक्रम संयोजक उमेश साह कानुले बताए ।

उहाँले यो कार्यक्रम मेल्विन जोनको १३९ औं जन्मओत्सवको अवसरमा राखिएको साताव्यापी कार्यक्रम अन्तर्गतको एक रहेको बताए । लायन्स क्लवले हरेक वर्ष लायन्स सप्ताहयपी कार्यक्रम गर्दै आएको समेत उनले बताए ।

यस वर्षको सप्ताहव्यापी कार्यक्रम अन्तगर्त क्लवले चार दिन सम्म विन्दवासिनी, अशोक बटीका, ज्योतिनगर, धोरे लगायतका ठाउँमा निस्शुल्क स्वास्थ्य परीक्षण एवं कम्बल वितरण गरिएको थियो भने बालबालिकाहरुको वृत्ति विकासका लागि क्रिकेट टुर्नामेन्ट गरेको थियो भने अति पिछडिएका दलित वस्तिमा खाद्यान्न वितरण समेत गरीएको कानुले बताए ।

सोही कार्यक्रम अन्तर्गत मानव सेवा आश्रममा रहेका असक्त र असहायहरुको स्वास्थ्य परीक्षण समेत गरिएको थियो । यसै क्रमलाई निरन्तरता दिंदै आउने भोली पर्सीको कार्यक्रममा कलैयास्थित अनाथालयमा २० थान अलमारी प्रदान गरिने कार्यक्रम रहेको छ भने वीगंजस्थित आमाको छात्रावासमा रहेका विद्यार्थीहरुकालागि इन्भर्टरको लागि ब्याट्री प्रदान गर्ने योजना रहेको बताए ।

त्यसै गरी विभिन्न विद्यालयमा नि:शुल्क स्वास्थ्य परीक्षण गर्ने कार्यक्रम रहेको समेत कानुले बताउनु भयो ।

तपाईको प्रतिक्रिया

अन्तराष्ट्रिय

डिभी चिठ्ठा बन्द गर्ने विधेयक अमेरिकी संसदबाट अस्वीकृत, नेपालीलार्इ राहत

डिभी चिठ्ठा बन्द गर्ने विधेयक अमेरिकी संसदबाट अस्वीकृत, नेपालीलार्इ राहत


विचार/ब्लग

नेपाल प्रहरीको उदाउँदो किरण: सर्बेन्द्र खनालको आगामि यात्रा

श्रावन ०५ बिहीवार, हेटौंडा । गृह मन्त्रालयका बढुवा समितिले भर्खरै गरेको एस.एस.पि.को बढुवा सिफारीसमा १५ जना प्रतिस्पर्धीलाई उछिन्दै कार्यसम्पादनको आधारमा डि.आई.जि.को बढुवा सिफारीसमा १ नम्बरमा पर्न सफल हुनु भएको छ ।