पर्सामा माघी महोत्सव मनाउने भव्य तयारी

   
123   पटक पढिएको

वीरगन्ज, २९ पुस 

थारु समुदायको मुख्य चाड (खिचडी)माघी पर्व माघ १ गते सोमबारका दिन पर्सामा यसवर्ष भव्य रुपमा मनाउने तयारी भएको छ ।

पर्सामा क्रियाशिल थारु अगुवा तथा थारु समुदायका विभिन्न संघस्थाको आयोजनामा थारुहरुको सांस्कृति झल्किने विभिन्न कार्यक्रमका साथ वीरगंजको स्विमिगं पुल परिषरमा माघी महोत्सवको तयारी भएको छ ।

माघी मूल समारोह समिति पर्साले आज वीरगंजमा पत्रकार सम्मेलनको आयोजना गरि पर्सामा रहेका थारु समुदायका विभिन्न संघ संस्थाहरुले संयुक्त रुपमा माघी पर्व मनाउन लागेको जानकारी दिएको हो ।

पत्रकार सम्मलेनमा माघी महोत्सवको तयारीबारे जानकारी दिदै समितिका अध्यक्ष मनोज चौधरीले थारुहरुको सांस्कृति नृत्य प्रतियोगिता ,विभिन्न किसिमका झाकी प्रदर्शन,रक्तदान कार्यक्रम र थारुहरुको मुख्य खाना घोगि,केकरा,हासको मासु लगायतको परिकारको स्टल समेत राखिने जानकारी दिनुभयो । 

पत्रकार सम्मलेलनमा विगतका बर्षहरुमा माघी पर्वलाई थारुहरुले अधिकारको आन्दोलनको रुपमा मनाउदै आएकोमा यसबर्ष भने वीरगन्जलाई राजधानी बनाउने आन्दोलनको समर्थन गर्दै पर्सामा भव्य रुपमा मनाउने सामाजिक अभियन्ता प्रकास थारुले बताउनुभयो  ।

 

तपाईको प्रतिक्रिया

अन्तराष्ट्रिय

डिभी चिठ्ठा बन्द गर्ने विधेयक अमेरिकी संसदबाट अस्वीकृत, नेपालीलार्इ राहत

डिभी चिठ्ठा बन्द गर्ने विधेयक अमेरिकी संसदबाट अस्वीकृत, नेपालीलार्इ राहत


विचार/ब्लग

नेपाल प्रहरीको उदाउँदो किरण: सर्बेन्द्र खनालको आगामि यात्रा

श्रावन ०५ बिहीवार, हेटौंडा । गृह मन्त्रालयका बढुवा समितिले भर्खरै गरेको एस.एस.पि.को बढुवा सिफारीसमा १५ जना प्रतिस्पर्धीलाई उछिन्दै कार्यसम्पादनको आधारमा डि.आई.जि.को बढुवा सिफारीसमा १ नम्बरमा पर्न सफल हुनु भएको छ ।