व्यवसायीले व्यपार गर्न सहज बातावरण सृजना हुन सकेन ः अर्थ राज्यमन्त्री राणा

   
32   पटक पढिएको

वीरगन्ज, २९ पुस 
अर्थ राज्यमन्त्री उदय शम्शेर राणाले नेपालमा अझै पनि व्यपार,व्ययसाय गर्न सहज बातावरण सृजना हुन नसकेकोमा दुःख ब्यक्त गर्नुभएको छ । 

वीरगञ्ज उद्योग वाणिज्य संघको ४२ औं साधरणसभाको उद्घाटन गर्दै राज्यमन्त्री राणाले औद्योगिक वातावरणको थुप्रै काम गर्नुपर्ने भएकाले पुर्वाधार निर्माणमा समस्या देखिएको बताउनुभयो । 

अर्थराज्य मन्त्री राणाले मुलुक संघियतामा गईसकेकाले अब प्रदेश सरकारले निजी क्षेत्रको व्यवयसायलाई बढावा दिन सहज बातावरण निमार्ण हुनुपर्नेमा जोड दिनुभयो । 

राज्यमन्त्री राणाले वीरगञ्ज क्षेत्रमा पूर्वाधार निर्माणका काम गर्ने वातावरण पनि नभएको र सरकारी कर्मचारीहरु समेत आउन नमान्ने अवस्था रहेको भन्दै यस क्षेत्रका स्थानीय अगुवाहरु नै गम्भिर भएर लाग्नुपर्नेमा राज्यमन्त्री राणाले जोड दिनुभयो ।

कार्यक्रममा उद्योगीहरुले आफुहरुले देशका अन्य व्यवयसायीभन्दा बढी राजश्व सरकारलाई तिर्दै आएको भएपनि वीरगंज क्षेत्र अहिलेसम्म औद्योगिक करिडोर बन्न नसकेको गुनासो गरेका थिए । उद्योगीहरुले राज्यमन्त्री समक्ष रक्सौलमा रोकिएको क्लिंकर विवादबारे अवगत गराउदा राज्यमन्त्री राणाले सिमेन्ट उद्योगीहरुको समस्या छिटै समाधान हुने बताउनुभयो ।  

वीरगञ्ज उद्योग वाणिज्य संघका अध्यक्ष ओम प्रकाश शर्माको अध्यक्षतामा साधारण सभा उदेघाटन कार्यक्रम भएको थियो । संघको साधरण सभाको उद्घाटन गर्नु अघि राज्य मन्त्री राणाले वीरगञ्जमा निर्माणाधिन एकीकृत जाँच चौकी र सुख्खा बन्दरगाहको निरीक्षण समेत गरेको वीरगञ्ज उद्योग वाणिज्य संघका प्रशासकीय अधिकृत मनोज उपाध्यायले जानकारी दिनुभयो ।

तपाईको प्रतिक्रिया

अन्तराष्ट्रिय

१३ सन्तानलाई चेन र तालाले बाँधेर राख्ने आमा बुवा पक्राउ

१३ सन्तानलाई चेन र तालाले बाँधेर राख्ने आमा बुवा पक्राउ


विचार/ब्लग

नेपाल प्रहरीको उदाउँदो किरण: सर्बेन्द्र खनालको आगामि यात्रा

श्रावन ०५ बिहीवार, हेटौंडा । गृह मन्त्रालयका बढुवा समितिले भर्खरै गरेको एस.एस.पि.को बढुवा सिफारीसमा १५ जना प्रतिस्पर्धीलाई उछिन्दै कार्यसम्पादनको आधारमा डि.आई.जि.को बढुवा सिफारीसमा १ नम्बरमा पर्न सफल हुनु भएको छ ।