वुमेन्स स्किल्स सेन्टरले भब्यताका साथचौथो वर्षिकोत्सव मनायो

   
332   पटक पढिएको


अञ्जली चौहान बीरगञ्ज २०७४ पौष २९

वीरगंजको वुमेन्स स्किल्स सेन्टरले तेश्रो वर्ष पुरा गरी आज आफनो चौथो वर्षिकउत्सव मनाएको छ ।

सेन्टरकी अध्यक्ष चंचला दासको अध्यक्षतामा होटेल मकालुमा भएको आजको कार्यक्रममा बोल्दै कार्यक्रमका प्रमुख अथिती वीरगंज महानगरपालिकाका मेयर विजय कुमार सरावगीले सेन्टरले महिलाको आयस्तर बढाउन तथा सशक्तिकरणका लागि गर्दै आएको काम सरहानीय भएको प्रशंसा गर्दै आगामी दिनमा वीरगंज महानगरपालिका कार्यालयबाट सक्दो सहयोग गर्ने प्रतिबद्धता ब्यक्त गर्नुभयो ।

उहाँले महिलाले घरको काम बाहेक खाली रहेको अरु समयलाई समेत सदुपयोग गरुन् भन्ने उद्देश्यले महिलाको आयश्रोत बढाउने र महिला शतिmलाई उजागर गर्ने लक्ष्यका साथ अगाडी बढेकोले महिलाको क्षेत्रमा काम गर्दै आएको वुमेन्स स्किल्स सेन्टर र यस्ता संघसंस्थासगं सहकार्य गरेर अगाडी बढ्ने बताउनुभयो ।

साथै मेयर सरावगीले आगामी माघ ७ गतेदेखी वीरगंजलाई प्लास्टीकको झोला मुक्त शहर घोषणा गर्ने र प्लास्टीक प्रयोगमा रोक लगाउने समेत बताउनुभयो । त्यस्तै कार्यक्रममा बोल्दै समाजसेवी उषा विक्रम शाहले वुमेन्स स्किल्स सेन्टर जस्ता संस्थाले गर्दा तराई मधेशको महिलाको अवस्थामा पहिलेको भन्दा केही सकारात्मक परिवर्तन आएको बताउनुभयो ।

वुमेन्स स्किल्स सेन्टरले गर्दै आएको काम तराई मधेशका महिलाहरुका लागि एकदमै उपलब्धीमुलक रहेको उहाँले धारण ब्यक्त गर्नुभयो ।

त्यस्तै क्वेष्ट फर्मासुटिकल्सका प्रथवी राजभण्डारी महिलाहरुको लागि महिलाहरुले मात्रै मिलेर खोलेको यस संस्थाले विगत तीन वर्षदेखी गर्दै आएको मेहनतको फल स्वरुप वीरगंजमा मात्र नभई पर्सा र बाराको ग्रामीण भेगका महिलाहरुले पनि यस संस्थाबाट सिप सिकी अहिले आर्थिक रुपमा सवल हुन थालेको बताउनुभयो । उहाँले सेन्टरलाई सुरुवात देखी नै सक्दो सहयोग गर्दै आएको र निरन्तर रुपमा गरीरहने प्रतीबद्धता समेत ब्यक्त गर्नूभयो ।

त्यस्तै वीरगंज पब्लीक क्याम्पसका डाईरेक्टर डा।दीपक शाक्यले वुमेन्स स्किल्स सेन्टरले दिदैँ आएको सिपमुलक तालिम अझै उपलब्धीमुलक बनाउन तालिम दिसकेपछि सिकेका सिपबाट आर्थिक आम्दानी लिन सक्ने तरीका तथा बजारीकरणमा पनि महिलाहरुलाई सहयोग गर्नुपर्नेमा जोड दिनुभयो ।

महिलाहरुको मात्रै सहभागीतामा संचालित वुमेन्स स्किल्स सेन्टरले आफनो स्थापना कालदेखी नै महिलाहरुका लागि विभिन्न सिप मुलक तालिम दिदैँ महिलाहरुलाई बजारीकरणमा समेत सहयोग गर्दै आएको सेन्टरकी म्यानेजीगं डाईरेक्टर लक्ष्मी दत्तले बताउनुभयो ।

सेन्टरले अहिले सम्म वीरगंजमा मात्र नभई पर्सा बाराको ग्रामीण भेगका महिलाहरुलाई लक्षित गरी विभिन्न सिप मुलक तथा रोजगार मुलक तालिम दिदैँ आएको सेन्टरकी फाईनान्स डाईरेक्टर ममता राजकर्नीकारले बताउनुभयो ।

तालिमसंगसंगै वुमेन्स स्किल्स सेन्टर , सामाजिक काममा पनि उतिकै अग्रसर रहेको सेन्टरकी अध्यक्ष चंचला दासले बताउनुभयो ।

उहाँले वुमेन्स स्किल्स सेन्टरले घरायसी कामसंगसंगै महिलाहरुलाई आर्थिक रुपले सवल , सक्षम र स्वतन्त्र बनाउन विभिन्न आयमुलक, सिपमुलक , उद्दमशीलता विकास सम्बन्धी तालिमहरु जस्तै फेसन डिजाईनीगं , खाना बनाउने , सिलाई कटाई तालिम , अग्रेसी भाषा सिकाई तालिम , नृत्यु फेसन तालिम , नेल आर्ट मेहेन्दी तालिम , एप्लिीक तालिम , कपडाको झोला उत्पादन तथा वितरण तालिम , इुटिसियन तालिम , ग्रामीण भेगमा व्यसायीक साझरता तालिम , मोन्टेशरी बेस्ट तालिम ईत्यादी दिदैँ आएको बताउनुभयो

यसका साथै निशुल्क रुपमा स्वास्थ्य जाँच , रक्तदान कार्यक्रम , आश्रम तथा गरीब तथा विपन्नका लागि आर्थिक सहयोग गर्दै आएको उहाँले बताउनुभयो ।

उहाँले आगामी दिनमा महिलाहरुका लागि विभिन्न कार्यक्रम तथा तालिमहरु ल्याउने र वीरगंजसंगै अन्य जिल्लामा पनि संस्थाको शाखा विस्तार गरी महिलाहरुको आर्थिक विकासका लागि तालिमहरु प्रदान गर्ने योजना रहेको बताउनुभयो ।

वार्षिकउत्सवको अवसरमा आज वुमेन्स स्किल्स सेन्टरले गरेको काम सहित संस्थाका सदस्यहरु सम्मिलत संस्थाको पुस्तक विमोचन मेयर विजय सरावगीले गर्नुभएको थियो ।

आजको कार्यक्रममा वलीवुड एक्टर नाफिर खान , नेपाली र हिंदी भाषामा गित गाएर बजारमा थुप्रै एल्बम समेत निकालिसकेका रमपम लिटर च्याम्पका विजेता अस्तीत्व कर्ण , बीपीडब्लु तथा वुमेन्स स्किल्स सेन्टरकी संरक्षक विश्वेशरी साह , वीरगंज महानगरका मेयर वीजय सरावगी , वीपीसीका डाईरेक्टर डा।दीपक शाक्य , क्वेष्ट फर्मास्युटिकल्सका प्रथवीराज भण्डारी , डा।पार्थ चक्रवर्ती , कमलेश दत्त , समाजसेवी उषा विक्रम साह , विभिन्न संघसंस्थाका प्रतीनीधी , संचारकर्मी लगायतको उपस्थिती रहेको थियो ।

कार्यक्रममा स्वागत मन्तव्य सेन्टरकी फाईनान्स डाईरेक्टर ममता राजकर्णकारले गर्नुभएको थियो भने कार्यक्रम संचालन रोयल एकेकडेमीकी डाईरेक्टर एवं वुमेन्स स्किल्स सेन्टरकी सदस्य सबनम श्रेष्ठ र सन्नी निधीले गर्नुभएको थियो ।
 

तपाईको प्रतिक्रिया

अन्तराष्ट्रिय

१३ सन्तानलाई चेन र तालाले बाँधेर राख्ने आमा बुवा पक्राउ

१३ सन्तानलाई चेन र तालाले बाँधेर राख्ने आमा बुवा पक्राउ


विचार/ब्लग

नेपाल प्रहरीको उदाउँदो किरण: सर्बेन्द्र खनालको आगामि यात्रा

श्रावन ०५ बिहीवार, हेटौंडा । गृह मन्त्रालयका बढुवा समितिले भर्खरै गरेको एस.एस.पि.को बढुवा सिफारीसमा १५ जना प्रतिस्पर्धीलाई उछिन्दै कार्यसम्पादनको आधारमा डि.आई.जि.को बढुवा सिफारीसमा १ नम्बरमा पर्न सफल हुनु भएको छ ।