नारयणी उपक्षेत्रिय अस्पतालभित्र रहेका निजी औषधि पसलहरुमा तालाबन्दी

   
273   पटक पढिएको

अस्पतालभित्र निजी औषधि पसलहरुमा गरिएको तालाबन्दी तसिबरःराम मण्डल

राम मण्डल पुस २८ बीरगञ्ज 

बिरगञ्जको नारयणी उपक्षेत्रिय अस्पताल परिसर भित्र सञ्चालनमा रहेका निजी औषधि पसलहरुमा स्थानीय प्रशासनले शुक्रबार तालाबन्दी गरिएको छ । अस्पताल प्रशासनले अस्पताल भित्र रहेका  फार्मेसी तथा नास्ता पसलहरुलाई पसल पटक पटक पसल हटाउन आग्रह गरेपनि पसलेहरुले अटेर गरेर पसल हटाएका थिएनन ।


सर्वोच्च अदालतले २०७२ असार १३ गते सरकारी अस्पताल भित्र क्नैपनि निजी फार्मेसी राख्न नदिने फैसला गरेपनि करिब द्ई बर्षपछि मात्र नारायणी उपक्षेत्रिय अस्पताल परिसरमा रहेका निजी औषधि तथा नास्ता पसलहरु हटाइएको हो ।

अस्पताल परिसरमा खोलिएको निजी औषधी पसल र नास्ता पसलहरु हटाउनलाई  पटक पटक अनुरोध गरेपनि नहटाइएका कारण शुक्रबार ती सबै पसलहरमा तालाबन्दी गरीएको पर्साका प्रमुख जिल्ला अधिकारी विनोद प्रकाश सिँहले बताउनुभयो ।अस्पताल भित्र सञ्चालित निजी औषधि पसलहरुले बढी मुल्यमा औषधी बिक्री गरि उपभोक्ताहरुलाई ठग्दै आएका थिए।

यसअघि तीन महिना अघि नारायणी अस्पतालले सरकारी फार्मेशी सञ्चालनमा ल्याईसकेको छ।अस्पाल प्रशासनले गत पुष २६ गते भित्र सटर खली गर्न अन्तिम पटकको म्याद दिएको थियो ।

तपाईको प्रतिक्रिया

अन्तराष्ट्रिय

१३ सन्तानलाई चेन र तालाले बाँधेर राख्ने आमा बुवा पक्राउ

१३ सन्तानलाई चेन र तालाले बाँधेर राख्ने आमा बुवा पक्राउ


विचार/ब्लग

नेपाल प्रहरीको उदाउँदो किरण: सर्बेन्द्र खनालको आगामि यात्रा

श्रावन ०५ बिहीवार, हेटौंडा । गृह मन्त्रालयका बढुवा समितिले भर्खरै गरेको एस.एस.पि.को बढुवा सिफारीसमा १५ जना प्रतिस्पर्धीलाई उछिन्दै कार्यसम्पादनको आधारमा डि.आई.जि.को बढुवा सिफारीसमा १ नम्बरमा पर्न सफल हुनु भएको छ ।