चिसोले बारा र पर्सामा ६ को मृत्यु

   
53   पटक पढिएको

२७ पुस, बारा । निरन्तरको शीतलहरपछि फैलिएको चिसोले पर्सामा ४ र बारामा २ जनाको ज्यान गएको छ ।

बुधबार पर्साको जीराभवानी गाउँपालिका–१, महादेवपट्टीमा चिसोले कठ्यांग्रिएर दुईजनाको मृत्यु भएको छ । महादेवपट्टी पकडिया टोलका ६० वर्षीय कमलखवास थारु र ३५ वर्षीय शम्भुमहरा चमराको मृत्यु भएको हो । मंगलबार राति खाना खाएर सुतेका खवास बुधबार बिहान ओछ्यानमा मृत अवस्थामा फेला परेको आफन्तले बताएका छन् ।

यसअघि मंगलबार बिहान पर्साकै वीरगन्ज महानगरपालिका वडा नम्बर २७ उदयपुरघुर्मीका ४० वर्षीय मञ्जु मण्डल धानुक र उनकी फुपु ६५ वर्षीया इनरमतिया देवीको चिसोले कठ्यांग्रिएर मृृत्यु भएको थियो ।

उता, बाराको सिम्रौनगढ नगरपालिका–९, बसबरिया टोलका ६५ वर्षीय नन्दलाल यादवको चिसोले कठ्याग्रिएर ज्यान गएको छ । सिम्रौनगढ नगरपालिका–८, कचोर्वाका ६० वर्षीय अनसिक राय यादवको पनि सोमबार नै चिसोले ज्यान गएको छ ।अनलाइनखबरबाट

तपाईको प्रतिक्रिया

अन्तराष्ट्रिय

१३ सन्तानलाई चेन र तालाले बाँधेर राख्ने आमा बुवा पक्राउ

१३ सन्तानलाई चेन र तालाले बाँधेर राख्ने आमा बुवा पक्राउ


विचार/ब्लग

नेपाल प्रहरीको उदाउँदो किरण: सर्बेन्द्र खनालको आगामि यात्रा

श्रावन ०५ बिहीवार, हेटौंडा । गृह मन्त्रालयका बढुवा समितिले भर्खरै गरेको एस.एस.पि.को बढुवा सिफारीसमा १५ जना प्रतिस्पर्धीलाई उछिन्दै कार्यसम्पादनको आधारमा डि.आई.जि.को बढुवा सिफारीसमा १ नम्बरमा पर्न सफल हुनु भएको छ ।