वीरगञ्जमा राजवादीले मात्रै मनाए पृथ्वी दिवस

   
50   पटक पढिएको

२७ पुस, वीरगञ्ज । वीरगञ्जमा पनि बिहीबार पृथ्वी जयन्ती अर्थात एकता दिवस मनाइएको छ ।

राजसंस्था र्फकनुपर्ने वकालत गर्दै आएका विभिन्न संघसंस्थाले २९६ औं पृथ्वी जयन्ती मनाएका हुन् ।

 

नेपाल विद्धत परिषद, नेपाल र राष्ट्रवाद संघ, राष्ट्रिय नागरिक संघर्ष समितिको संयुक्त आयोजनामा दिवसको अवसरमा वीरगञ्जमा र्‍याली तथा सभा गरिएको छ ।

वीरगञ्जको सम्झना होटल अगाडिबाट निकालिएको र्‍याली वीरगञ्जको मुख्य सडकमै रहेको घण्टाघर माईस्थान, अलखिया मठ, आदर्शनगर, घडिअर्वा हुँदै पुनः घण्टाघरमा आएर कोण सभामा परिणत भएको थियो ।

घण्टाघरमा आयोजित कोण सभामा बोल्दै राजावादीहरुले राजनीतिक दलहरुले देशमा गणतन्त्रको नाममा लुटतन्त्र ल्याएकोले देश बचाउन राजतन्त्र नै ल्याउनुपर्ने धारणा राखेका छन् ।

नेपाल राष्ट्रवाद संघका अध्यक्ष जनकलाल साहले नेपाल सरकारले एकता दिवसमा विदा दिनु सुखद भएको बताए ।अनलाइनखबरबाट

तपाईको प्रतिक्रिया

अन्तराष्ट्रिय

१३ सन्तानलाई चेन र तालाले बाँधेर राख्ने आमा बुवा पक्राउ

१३ सन्तानलाई चेन र तालाले बाँधेर राख्ने आमा बुवा पक्राउ


विचार/ब्लग

नेपाल प्रहरीको उदाउँदो किरण: सर्बेन्द्र खनालको आगामि यात्रा

श्रावन ०५ बिहीवार, हेटौंडा । गृह मन्त्रालयका बढुवा समितिले भर्खरै गरेको एस.एस.पि.को बढुवा सिफारीसमा १५ जना प्रतिस्पर्धीलाई उछिन्दै कार्यसम्पादनको आधारमा डि.आई.जि.को बढुवा सिफारीसमा १ नम्बरमा पर्न सफल हुनु भएको छ ।