वीरगन्जलाई राजधानी बनाउनुपर्ने माग सहित शुरु भएको रिले अनसन सातौ दिन पनि जारी 

   
41   पटक पढिएको


     
 राम मण्डल पुस २४ बीरगञ्ज 
वीरगन्जलाई प्रदेश नम्बर २ को प्रादेशिक राजधानी बनाउनुपर्ने माग सहित गत शुक्रबारदेखि वीरगन्जको घण्टाघरमा शुरु भएको रिले अनसन सातौ दिन पनि जारी रहेको छ ।

वीरगन्ज राजधानी संघर्ष समितिको अगुवाईमा प्रदेश नम्बर २ को राजधानी बीरगञ्जलाई नै बनाउनुपर्ने दबाब सहित रिले अनसन शुरु भएको हो ।रिले अनसनको सातौ दिन मंगलबारको अनसनमा बिधयान्चल ठाकुर,बिकाश पाण्डेय,सञ्जय चौहान,महम्द ताहिर हुसैन,बाबुलाल यादव,सत्य नारायण साह तेली,राम नरेश यादव,बिरेन्द्र यादव,बुनीलाल कुर्मी, चिर१जीवी वटेल,जितेन्द्र पटेल,बिक्रम साह कानु र तप्सी राम  लगायतका नेता कायएकर्ताहरु बसेका छन ।गत शुक्रबार बिहान ११ बजेदेखि शुरु भएको रिले अनसनलाई वीरगन्ज महानगरपालिकाका मेयर विजय सरावगीले अनसनमा सहभागीहरुलाइ फुलमाला लगाएर शुभारम्भ गर्नु भएको थियो ।

बीरगञ्जलाई प्रादेशिक राजधानी बनाउनका लागि शुरु गरिएको रिले अनसनमा बारा र पर्साका बिभिन्न संघ संस्थाहरुले एकबद्धता पनि जनाईसकेका छन ।बिरगञ्जलाई प्रदेश नम्बर २ को प्रादेशिक राजधानी नबनाएसम्म रिले अनसश जारी राख्ने अनसनमा सहभागी नेताहरुले बताएका छन ।यसैबीच बिरगंज राजधानी संघर्ष समिति  बिस्तार भएको छ । वीरगंजमा बिहबिार वीरगंज संघर्ष समितिको बसेको बैठकले  विभिन्न निर्णयहरु रहेको छ ।बैठकबाट संयोजकमा पुर्व मन्त्री सुरेन्द्र चौधरी, सह–संयोजकमा पुर्व सांसद राजकुमार गुप्ता, सचिवमा श्याम पटेल, प्रवक्तामा युवा नेता ओमप्रकाश सरार्फ, सदस्यहरुमा बसरुदिन अन्सारी, फिरोज मन्सुर, श्म्भु गुप्ता, अरबिन्द गुप्ता, लोकेस सिह, मनोज चौधरी तेज प्रसाद निसाद, यसवन्त यादव, दुर्गा क्षेत्री, बिना शर्मा, मुनि श्रीवास्तव, रेखा शाह लगायत ३१ सदस्यीय कमिटि चयन गरेको छ ।


त्यसैगरी युवा परिचालन कमिटीको संयोजकमा युवा नेता सुधिर पटेल, प्रचार प्रसार समितिमा बृजलाल पासवान, सन्जिव मिश्रालाई चयन गरिएको प्रवक्ता ओमप्रकाश सर्राफले जानकारी दिनु भयो । वीरगंज संघर्ष समितिले बिगत एक हप्ता देखी प्रदेश नं २ को राजधानी वीरगंजलाई बनाउनु पर्ने माग राखी वीरगंजको घण्टाघरमा रिले अनसन र दवाब का विभिन्न कार्यक्रम जारी रहेको छ ।

तपाईको प्रतिक्रिया

अन्तराष्ट्रिय

१३ सन्तानलाई चेन र तालाले बाँधेर राख्ने आमा बुवा पक्राउ

१३ सन्तानलाई चेन र तालाले बाँधेर राख्ने आमा बुवा पक्राउ


विचार/ब्लग

नेपाल प्रहरीको उदाउँदो किरण: सर्बेन्द्र खनालको आगामि यात्रा

श्रावन ०५ बिहीवार, हेटौंडा । गृह मन्त्रालयका बढुवा समितिले भर्खरै गरेको एस.एस.पि.को बढुवा सिफारीसमा १५ जना प्रतिस्पर्धीलाई उछिन्दै कार्यसम्पादनको आधारमा डि.आई.जि.को बढुवा सिफारीसमा १ नम्बरमा पर्न सफल हुनु भएको छ ।