शीतलहर प्रभावितलाई राहत उपलब्ध गराउन माग गर्दै अखिल क्रान्तिकारीद्धारा ज्ञापनपत्र

   
106   पटक पढिएको

पुस २६ बीरगञ्ज 
लगातारको शीतलहरले प्रभावित तराईका जनतालाई तत्काल उचित राहत उपलब्ध गराउन माग गर्दै अखिल क्रान्तिकारी विद्यार्थी संगठनले बुधबार जिल्ला प्रशासन कार्यालय पर्सामा ज्ञापनपत्र बुझाएका छन् । अखिल क्रान्तिकारी जिल्ला समिति र ठाकुरराम क्याम्पस समितिले संयुक्त रूपमा विभिन्न माग गर्दै पर्साका निमित्त प्रमुख जिल्ला अधिकारी दुर्गादत्त पौडेललाई ज्ञापनपत्र बुझाएको हो । अखिल क्रान्तिकारीका केन्द्रीय सदस्य शिवम साहको संयोजनमा केन्द्रीय सदस्य एवम जिल्ला ईन्चार्ज ईशक कुमार, जिल्ला संयोजक मित्रदेव यादव, ठाकुराम समितिका ईन्चार्ज महमद जुवैर आलम र अध्यक्ष कविराज पटेल लगायतको विद्यार्थी नेताहरूको टोलीले जिल्ला प्रशासन कार्यालयमा ज्ञापनपत्र बुझाएको हो । उनीहरूले साउनमा आएको बाढीले डुबानमा परेर पीडित भएका पर्साका जनता शीतलहरले थप पीडा थपेको भन्दै त्यसबाट बच्न ठाउँ ठाउँमा आगो ताप्ने व्यवस्था मिलाउन तथा न्यानो कपडाको व्यवस्था गर्न माग गरेका छन् । साथै आउदा दिनमा यस्ता दैवी प्रकोपबाट बच्नका लागि पहिले नै सतर्कता अपनाउन समेत माग गरेका छन् ।

तपाईको प्रतिक्रिया

अन्तराष्ट्रिय

१३ सन्तानलाई चेन र तालाले बाँधेर राख्ने आमा बुवा पक्राउ

१३ सन्तानलाई चेन र तालाले बाँधेर राख्ने आमा बुवा पक्राउ


विचार/ब्लग

नेपाल प्रहरीको उदाउँदो किरण: सर्बेन्द्र खनालको आगामि यात्रा

श्रावन ०५ बिहीवार, हेटौंडा । गृह मन्त्रालयका बढुवा समितिले भर्खरै गरेको एस.एस.पि.को बढुवा सिफारीसमा १५ जना प्रतिस्पर्धीलाई उछिन्दै कार्यसम्पादनको आधारमा डि.आई.जि.को बढुवा सिफारीसमा १ नम्बरमा पर्न सफल हुनु भएको छ ।