चिसोबाट बच्न भन्दै वीरगंज महानगरपालिका द्धारा बुधबार पनि कम्बल बितरण

   
54   पटक पढिएको

पस २६ बीरगञ्ज 
तराइ–मधेस क्षेत्रमा लागातार रुपमा  बढेदै गइरहेको चिसो र शितलहरलाई मध्यनगर गर्दै वीरगंज महानगरपालिका कार्यालयले बुधबार चौथो दिन पनि कठ्याङ्ग्रिने जाडो र शितलहरबाट पिडित जनतालाई विभिन्न दातृ संगठनहरु संग सहकार्य गरि कम्बल वितरण गरेको छ ।

वीरगंज महानगर तथा जितपुर–सिमरा उप–महानगर क्षेत्रका विभिन्न लायन्स क्लबको आर्थिक सहयोगमा बुधबार वीरगंज महानगरपालिकाको कार्यालयले वडा नम्बर १९ विन्दवासिनी मा  विपिन्न समुदायका परिवारहरुलाई कम्बल वितरण गरेको हो ।


कम्बल वितरण कार्यक्रममा नगर प्रमुख सरावगीका राजनीतिक सल्लाहाकार मुकेश द्विवेदी, स्वकीय सचिव तबरेज अहमद, लायन्स क्लबका क्षेत्रीय संयोजक आकाश सर्राफ, क्लबका वरिष्ठ सदस्यहरु पशुपति बिक्रम साह, श्रीमती उषा साह, क्लबका जिल्ला सल्लहाकार राम्बिहारी पाण्डे, युवा अभियन्ता तथा तराई मानव अधिकार रक्षक संजालका जिल्ला संयोजक आँशु सर्राफ लगयात अन्य स्थानीय नेता, सामाजिक कार्यकर्ता, नागरिक समाजका अगुवाहरुको समेत उपस्थिति रहेको थियो ।

वीरगंज महानगरपालिकाले पछिल्लो चार दिनमा १ हजार ८ सय भन्दा बढि परिवारलाई विभिन्न संघ–संस्थाहरु संग सहकार्य गर्दै कम्बल वितरण गरिसकेको छ ।

तपाईको प्रतिक्रिया

अन्तराष्ट्रिय

१३ सन्तानलाई चेन र तालाले बाँधेर राख्ने आमा बुवा पक्राउ

१३ सन्तानलाई चेन र तालाले बाँधेर राख्ने आमा बुवा पक्राउ


विचार/ब्लग

नेपाल प्रहरीको उदाउँदो किरण: सर्बेन्द्र खनालको आगामि यात्रा

श्रावन ०५ बिहीवार, हेटौंडा । गृह मन्त्रालयका बढुवा समितिले भर्खरै गरेको एस.एस.पि.को बढुवा सिफारीसमा १५ जना प्रतिस्पर्धीलाई उछिन्दै कार्यसम्पादनको आधारमा डि.आई.जि.को बढुवा सिफारीसमा १ नम्बरमा पर्न सफल हुनु भएको छ ।