प्रदेश प्रमुख नियुक्त गर्दै सरकार, लगत्तै मुख्यमन्त्री चयन प्रक्रिया सुरु हुने

   
50   पटक पढिएको

काठमाडाैँ, २६ पुस । सरकारले प्रदेश प्रमुखको नियुक्ति गरेर अस्थायी मुकाम तोकेसँगै प्रदेश सरकार गठनको प्रक्रिया अगाड बढ्ने छ । बिहीबार बस्ने मन्त्रिपरिषद् बैठकले प्रदेश प्रमुखहरुको नियुक्ति र प्रदेशको अस्थायी मुकाम तोक्ने तयारी गरेको छ ।  

प्रदेश प्रमुख र अस्थायी मुकाम तोकेपछि प्रदेश सचिवालयको गठन हुनेछ । त्यसपछि निर्वाचन आयोगले प्रदेश प्रमुखलाई प्रदेश सभा निर्वाचनको अन्तिम परिणाम बुझाउने संवैधानिक प्रावधान छ । आयोगले प्रदेश सभातर्फ प्रत्यक्ष र समानुपातिक दुबैको परिणाम तयार पारिसकेको छ ।

संविधानमा प्रदेश प्रमुखले निर्वाचनको अन्तिम परिणाम घोषणा भएको २० दिनभित्र प्रदेश सभाको बैठक बोलाउने व्यवस्था छ । पहिलो बैठकमा भाग लिनुभन्दा पहिला सांसदहरूले प्रदेश प्रमुखबाट सपथ लिनेछन् । संविधानको धारा १६८ अनुसार प्रदेश प्रमुखले प्रदेशसभामा बहुमत प्राप्त दलको संसदीय दलको नेतालाई मुख्य मन्त्री नियुक्त गर्न सक्ने छन् ।

प्रदेश सभामा कुनै पनि पार्टीको बहुमत नरहेमा दुई वा दुईभन्दा बढी दलहरुको समर्थनमा बहुमत प्राप्त गर्न सक्ने सदस्यलाई प्रदेश प्रमुखले मुख्यमन्त्री नियुक्त गर्न सक्छन् । अन्तिम परिणाम सार्वजनिक भएको ३५ दिनभित्र मुख्यमन्त्री नियुक्त गरिसक्नु पर्ने संवैधानिक व्यवस्था छ ।

मुख्यमन्त्री नियुक्त भएपछि उनको सिफारिशमा समावेशी सिद्दान्तका अाधारमा प्रदेश प्रमुखले मन्त्रीहरू नियुक्त गर्ने छन् ।

यसरी हेर्दा नयाँ जनमतअनुसार केन्द्रीय सरकारभन्दा पहिला प्रदेश सरकार बन्ने सम्भावना छ । किनकी संसदको माथिल्लो सदन राष्ट्रिय सभाको चुनाव माघ २४ गतेलाई तोकिएको छ । प्रतिनिधि सभाको समानुपातिक परिणाम अाउन कम्तिमा पनि फागुन पहिलो हप्ता लाग्नेछ ।

मंसिर १० र २१ गते भएको चुनावको नतिजाअनुसार प्रदेश नम्बर १ र ३ मा एमाले एक्लैको बहुमत छ भने प्रदेश नम्बर ६ मा एमालेबिना सरकार बन्न सक्दैन। प्रदेश नम्बर २ बाहेकका प्रदेशमा एमाले–माओवादी गठबन्धनको बहुमत रहेको छ ।

राजनीतिक दलहरूले भने मुख्यमन्त्रीको टुंगो अझै लगाइसकेका छैनन्। तर प्रदेश प्रमुखको नियुक्तिसँगै मुख्यमन्त्रीको प्रक्रियाले गति लिने उनीहरूको आशा छ ।

`हामी त सडकमा छौं । पहिला त सरकारले प्रदेश प्रमुख र अस्थायी राजधानी तोक्नुपर्छ,´एमाले नेता तथा प्रदेश १ का मुख्यमन्त्री दाबेदार शेरधन राईले भने,`प्रदेश सांसदको सपथ नलिइकन सरकार गठनको प्रक्रिया सुरु हुँदैन । प्रदेश प्रमुख नियुक्त भएर सपथ भएसँगै मुख्यमन्त्रीको बन्ने प्रक्रिया अघि बढ्छ ।´

संघीय समाजवादी फोरमका उपाध्यक्ष तथा प्रदेश २ का मुख्यमन्त्री दाबेदार लालबाबु राउतले पनि मुख्यमन्त्री बनाउन प्रदेश सभाको बैठक आवश्यक भएकाले छिटोभन्दा छिटो प्रदेश प्रमुखको नियुक्ति र प्रदेश राजधानी घोषणा गर्नुपर्ने बताए । ‘त्यसपछि प्रदेश प्रमुखमार्फत् प्रक्रिया अघि बढ्छ, दलहरूलाई पनि छलफल गर्न सजिलो हुन्छ,’ राउतले भने ।

तपाईको प्रतिक्रिया

अन्तराष्ट्रिय

१३ सन्तानलाई चेन र तालाले बाँधेर राख्ने आमा बुवा पक्राउ

१३ सन्तानलाई चेन र तालाले बाँधेर राख्ने आमा बुवा पक्राउ


विचार/ब्लग

नेपाल प्रहरीको उदाउँदो किरण: सर्बेन्द्र खनालको आगामि यात्रा

श्रावन ०५ बिहीवार, हेटौंडा । गृह मन्त्रालयका बढुवा समितिले भर्खरै गरेको एस.एस.पि.को बढुवा सिफारीसमा १५ जना प्रतिस्पर्धीलाई उछिन्दै कार्यसम्पादनको आधारमा डि.आई.जि.को बढुवा सिफारीसमा १ नम्बरमा पर्न सफल हुनु भएको छ ।