बाराको भोज भगत उच्च माबि रेखदेख बापत ब्यावस्थापन समितिले मासिक रकम लिदै

   
194   पटक पढिएको

पुस २६ बीरगञ्ज 
बाराको परवानीपुर गाँउपालिका वडा नम्बर ३ मा रहेको श्री भोज भगत उच्च माध्यमिक बिधालयको मुल भवन परवानीपुर बजारमा अवस्थित रहेको छ ।

बिं.स २०२३ सालमा स्थापना भएको भोज भगतप्रावि बाट सन्चालनभएको थियो । तर आजको अवस्थामा उच्च माविको रुपमा स्थापना भईसकेको छ । २०६२ साल देखि सन्चालनमाआएको १०+२ माव्यस्थापन ,मानविकीशिक्षा पढाई हुर्ने गर्देथ्यो । २०६९ सालमाबिज्ञान बिषयको पढाईसन्चालनमाआएको बिधालयले जनाएको छ ।


परवानीपुर बजारमाअवस्थितबिधालयको मुलभवनमाबिधार्थीहरु बढि भएपछि नयाँ भवनको खाँचो भएपछि त्रिभुवन राजमार्गको अमृत चौक भन्दा एक सय मिटर पुर्वमाभोज भगतको बिज्ञान भवणको नामदिएर २०६७ सालमा एक तल्ले ४ कोठाको नयाँ भवणको निर्माण गरीएको हो । 


बिज्ञान भवण अहिले सन्चालन नहुँदै जिर्ण अवस्थामा पुगीसकेको छ । बिज्ञान भवणकोछेउमाआव २०७३÷०७४ मा जिल्लाशिक्षाकार्यालय बाराकातत्कालीन जिल्ला शिक्षा अधिकारी धन प्रसाद पोखरेलले ४ कोठाको दुई तल्ले भवण निर्माणको लागी ३२ लाख रकमबिनियोजन गरेकाथिए । बिधालयका प्रधानाध्यापक पप्पु सिंहले बिना टेन्डर गरी बिधालय भवण निर्माण गरेका थिए ।


तर भवण निर्माण गर्ने मनोमानी तरीकाले बिना नापनक्साको बनाउनथालेपछि दाता परीवारले मनोमानी तरीकाले भवण निर्माण गर्ने नपाईने भन्दै जिल्ला शिक्षा कार्यालयबारामाउजुरी दिएका थिए । त्यस उजुरीमा भवण निर्माणको काम रोकिएको थियो । 


उजुरी परेको एक महिना पछि अर्थात गत जेष्ठ महिनामा जिल्लाप्रशासन कार्यालयमा बैठक बसेको हो । बाराकाप्रमुख जिल्ला अधिकारीे बिजयनारायण मानान्धर र जिल्ला शिक्षाअधिकारी धन प्रसाद पोखरेलको रोहबरमा बैठक बसी भवण निर्माण गर्नु भन्दा पहिले नापनक्सा झुन्डाउन भोज भगत उच्च माविका प्रधानाध्यापक पप्पु सिंहलाई निर्देशन दिएको हो ।

तर प्रधानाध्यापकपप्पु सिंहले प्रजिअको निर्देशनको अटेर गर्दे मनोमानी तरीकाले भवण निर्माण गर्ने थालेको स्थानीयबासीले आरोप लगाएका छन ।


बिधालयको अहिले एक तल्लाको काम सम्पन्न भईसकेको छ । र दाश्रो तल्लाको कार्य शुभाम्भभईसकेको छ । तर पहिलो तल्लाको छत ढलान गर्दो ६ ईन्च मोटाई गर्ने भन्ेको भएपनि ४ ईन्चको ढलान गरेको स्थानियहरुको आरोप रहेको छ । बिधालयव्यस्थापन समितिका सदस्यललन प्रसाद रौनियारले नयाँ भवण निर्माणको रेखदेख बापतपाँचमहिना सम्म १२ हजारको महिनालिदै आएकाथिए । रौनीयारले कामको जिम्मेवारी राम्रो तरीकाले बहननगरेपछि जिम्मेवारी खोसिएको स्थानीयले बताएका छन । 


त्यसपछि भने बिधालयको रेखदेख कै लागीबिधालयव्यस्थापन समितिकाअर्को सदस्यहरु सुरेश प्रसादयादव र शिवकुमारी देविले मासिक ६ हजारमा रेखदेख गर्ने गरेको स्थानियबासीले बताएका छन ।नामनबताउने सर्तमा एक जना स्थानियले भने ,‘ भोज भगत स्कुलमा केहि राजनितिकदलकाव्यतिmको निर्देशनमाप्रधानाध्यापकपप्पु सिंहले कामगर्ने थालेको बताए ।

उनले भने ,‘बिधालयको सदस्य सेवागर्ने उदेश्यले बसिन्छ ? तर बिधालयमा रहेका समितिका सदस्यहरुले नै महिनालिएर रेखदेख गर्ने थाले पछि बिधालयको के बिकाश हुन्छ ?बिधालयमामनोमानीगर्दो बिधालयको बिकाशनह’नेमा ठोक’वा गरे ।स्रोतःलोकटाईम्स दैनिक

तपाईको प्रतिक्रिया

अन्तराष्ट्रिय

१३ सन्तानलाई चेन र तालाले बाँधेर राख्ने आमा बुवा पक्राउ

१३ सन्तानलाई चेन र तालाले बाँधेर राख्ने आमा बुवा पक्राउ


विचार/ब्लग

नेपाल प्रहरीको उदाउँदो किरण: सर्बेन्द्र खनालको आगामि यात्रा

श्रावन ०५ बिहीवार, हेटौंडा । गृह मन्त्रालयका बढुवा समितिले भर्खरै गरेको एस.एस.पि.को बढुवा सिफारीसमा १५ जना प्रतिस्पर्धीलाई उछिन्दै कार्यसम्पादनको आधारमा डि.आई.जि.को बढुवा सिफारीसमा १ नम्बरमा पर्न सफल हुनु भएको छ ।