युवा स्वरोजगारको नाममा पर्सामा ६ करोड लगानी–प्रतिफल शुन्य, करिब ८७ लाख डुब्ने खतरा

   
88   पटक पढिएको

विन्दुभुषण साह
वीरगंज,२६ पुस 
युवा स्वरोजगार कोषले पर्सामा सञ्चालन गरेको कार्यक्रम प्रभावकारी हुन सकेको छैन । सहकारीमार्फत ऋण परिचालन गरी युवाहरुलाई स्वरोजगार बनाउने उद्देश्यले सरकारले संचालन गरेको युवा स्वरोजगार कार्यक्रमको लागि पर्सामा ६ करोड १६ लाख रकम लगानी गरेपनि प्रभावकारी हुन नसकेको सरोकारवालाले बताएका छन ।

कोषले सहकारी मार्फत बेरोजगार युवाहरुलाई गाउमै रोजगार सृजना गरी स्वरोजगार बनाउने उदेश्यले संचालन गरेको भएपनि सहकारी संस्थाका पदाधिकारीहरुले आफना आसेपासे ब्यक्तिलाई स्वरोजगारको लागि नभई ब्यक्तिगत क्रण प्रवाह गरेकाले प्रभावकारी हुन नसकेको बताईएको छ । 

कोषले युवाहरुलाई स्वरोजगारको लागि १० प्रतिशत ब्याजदरमा क्रण लगानी गर्न भनेपनि पर्साका सहकारी संस्थाहरुले कोषको रकम  १५ देखि १८ प्रतिशतसम्मको चर्को ब्याजदरमा ब्यक्तिगत त्रण लगानी गरेको स्थानियको गुनासो रहेको छ ।
 युवा स्वरोजगार कोषले साढे ३ बर्षका लागि ५ प्रतिशतको सहुलियत ब्याजमा पर्साका ९ ओटा सहकारी संस्थालाई ४ करोड ५२ लाख रकम क्रण लगानी गरेको कोषको तथ्याङ्गमा उल्लेख्ख रहेको छ ।

जसमध्ये पर्साका सहकारी संस्थाहरु सेतो गुरासले ३० लाख,जय अम्बेले ३५ लाख,ओम शिव शक्तिले ५० लाख,उपकार बचत तथा क्रण सहकारी संस्थाले ५० लाख,श्रमजिविले ५० लाख,भगवती सहकारीले ४० लाख,चेतना सहकारीले ३५ लाख ,रिचवे सहकारीले ३० लाख,दिव्य बचत सहकारीले ३५ लाख गरि ४ करोड ५२ लाख रकम पर्साका ३ सय ७१ जनालाई स्वरोजगार बनाउन क्रण लिएको कोषको तथ्याङ्गबाट देखिन्छ तर कोषको क्रण रकमबाट १ सय जना पनि स्वरोजगार हुन नसकेको स्थानिय बासिन्दाको गुनासो रहेको छ । 

कोषको ८७ लाख रकम डुब्ने खतरा

यसैबीच २०७२ सालमा कोष मार्फत १ करोड २५ लाख क्रण रकम लिएका पर्साका ३ वटा सहकारी संस्थाले क्रण तिर्न आनाकानी गर्दा रकम डुब्ने खतरा रहेको कोषका पर्सा संयोजक सुनिल कुमार रौनियारले बताउनुभयो । 
युवा स्वरोजगार कोष मार्फत साढे ३ बर्षका लागि क्रण लिएर फेज आउट भईसकेका उपकार बचत तथा क्रण सहकारी संस्थाले ४० लाख ,भगवती बचत तथा क्रण सहकारी संस्थाले करिब २२ लाख,र चेतना बचत तथा क्रण सहकारी संस्थाले २५ लाख क्रण रकम गरि कोषकोबुझाउन आनाकानी गरिरहेकाले कानुनी प्रक्रिया अगाडी बढाईएको कार्यक्रम संयोजक रौनियारले बताउनुभयो । 
चालु आर्थिक बर्षमा ९९ जनालाई रोजगार बनाउन १ करोड ६४ लाख क्रण लगानी
सबै रकम चर्कोब्याजमा लगानी 

युवा स्वरोजगार कोषले चालु आर्थिक बर्ष २०७३÷०७४ मा पर्साका १० वटा सहकारी संस्थालाई ९९ जनालाई रोजगार बनाउन १ करोड ६४ लाख ६० हजार क्रण लगानी गरेको भएपनि चर्को ब्याजमा ब्यक्तिगत लगानी भएको आरोप लागेको छ ।
 

कोषले पर्सा लखनपुरका जय महाविर कृषि सहकारीलाई १५ लाख,रिचवे सहकारी महुवनलाई १३ लाख ५० हजार,अरुणेदय बचत तथा क्रण सहकारी महुवनलाई २५ लाख,हाम्रो बहुउदेश्यीय बचतलाई १७ लाख ५० हजार, ओम शिवशक्तिलाई २२ लाख ५० हजार,सेतो गुरासलाई १३ लाख ५० हजार,दिब्य बचत पोखरियालाई १५ लाख ६० हजार,चुरियामाई सहकारीलाई २० लाख ,एकता बचत उदयपुर घुर्मीलाई १२ लाख र किरणभुमी सहकारी महुवनलाई १० लाख १० लाख गरि उक्त रकम बराबरको क्रण लगानी गरेको कोषका पर्सा संयोजक सुनिल रौनियारले बताउनुभयो । 

यी सहकारी संस्थाहरुले पनि युवाहरुलाई स्वरोजगार बनाउने नाममा लिएको रकम ब्यक्तिगत र ब्यक्ति विशेष क्रण लगानी गरेको स्थानियहरुको गुनासो रहेको छ । 
संयोजक रौनियारले युवा स्वरोजगारको लागि रकम क्रण लिएपनि कतिजना स्वरोजगार भए भन्नेबारे आफुलाई थाहा नभएको बताउनुभयो ।
 

वहाले सहकारीहरुले चर्को ब्याजदरमा कोषको रकम लगानी गरेका गुनासो आएपनि अनुगमनको क्रममा कसैले गुनासो गर्न नसकेकाले कारवाही गर्न नसकिएको बताउनुभयो । 

 

तपाईको प्रतिक्रिया

अन्तराष्ट्रिय

१३ सन्तानलाई चेन र तालाले बाँधेर राख्ने आमा बुवा पक्राउ

१३ सन्तानलाई चेन र तालाले बाँधेर राख्ने आमा बुवा पक्राउ


विचार/ब्लग

नेपाल प्रहरीको उदाउँदो किरण: सर्बेन्द्र खनालको आगामि यात्रा

श्रावन ०५ बिहीवार, हेटौंडा । गृह मन्त्रालयका बढुवा समितिले भर्खरै गरेको एस.एस.पि.को बढुवा सिफारीसमा १५ जना प्रतिस्पर्धीलाई उछिन्दै कार्यसम्पादनको आधारमा डि.आई.जि.को बढुवा सिफारीसमा १ नम्बरमा पर्न सफल हुनु भएको छ ।