चिसाेबाट कसरी बँच्ने ? यस्ताे छ चिकित्सककाे सुझाव

   
76   पटक पढिएको

अन्जली चौहान/वीरग‌ज, २५ पुस ।

केही दिनयता बढेको चिसोका कारण तराई क्षेत्रको जनजीवन प्रभावित बनेको छ । तराईका जिल्लाहरुमा विगत केही दिनदेखी दिउँसो घाम लागेपनि चिसो भने कम भएके छैन । तराईका प्राय सबै जिल्लाहरुमा तापक्रम घटेसँगै अस्पतालहरुमा चिसोसँग सम्बन्धित बिरामीको संख्या बढ्दै गएको छ । विशेषरी निमोनिया, रुघाखोकी, छाला तथा दमका रोगीको संख्या बढेको अस्पतालहरुले बताएका छन् । मध्यतराईमा चिसो भएसंगै चलेको शीतलहरले खासगरी पाँच वर्षभन्दा मुनिका बालबालिका र ७० वर्षभन्दा माथिका उमेरका वृद्धवृद्धालाई बढी असर गर्ने गरेको चिकित्सकहरू बताउँछन् ।

आफ्नो ख्याल आफैं राख्न नसक्ने साना वालवालिका तथा वृद्धवृद्धालाई चिसोबाट जोगाउन निक्कै गाह्राे हुने गरेको परिवारका अन्य सदस्यहरुले बताएका छन् । चिसोमा बच्चाहरुलाई चिसोबाट जोगाउन निकै गाह्राे हुने गरेको अभिभावकहरु बताउँछन् । चिसो हावा र पानीले झन बढी असर गर्ने गरेको उनीहरुको भनाई छ । चिसोमा बच्चा विरामी पर्दा बच्चा मात्रै नभई आमालाई पनि उत्तिैकै सास्ती र पिडा हुने गरेको वीरगंज पानीट्यांकीकी मिनादेवीले बताईन् । जाडोले उस्तै सताएको दुखेसो वृद्धवृद्धाहरुको पनि छ । शीतलहरले गर्दा तराईका अधिकाशं जिल्लाहरुमा भाइरल ज्वरो, कोल्ड डायरिया, खोकी, ज्वरो ,हातखुट्टा दुख्ने, टाउको दुख्ने, दम, स्वासप्रश्वासका रोगीहरु बढेको वीरगंजको नारायणी उपक्षेत्रीय अस्पतालका मेडीकल सुपरीटेन्डेन्ट ईमामुल हकले बताए ।

चिसोका बेला विभिन्न भाइरस र ब्याक्टेरियाहरू सक्रिय हुने भएकोले शरीरमा पोषणको मात्रा कम भएका अति गरीब, विपन्न तथा रोग प्रतिरोधात्मक क्षमता कम भएका मानिसहरुलाई चिसोमा विभिन्न रोगले सताउने गरेको डाक्टरहरु बताउछन् । चिसोमा खासगरी गरी बालबालिका र वृद्धावृद्धा पनि बढी स्वास्थ्य समस्या देखीने गरेको डाक्टरहरु बताउछन् । जाडोले खासगरी बालबालिका र वृद्धवृद्धालाई असर गर्ने भएकोले चिकित्सकको सल्लाह बमोजिमका उपाय अपनाउन सके चिसोका कारण हुने अस्वस्थताबाट बच्न सकिने डाक्टरहरुकाे भनाइ छ । चिसोको मौसममा रोगका बारेमा ख्यालै नगरी जाडोबाट बच्न गाउँघरमा घुर ताप्ने गरीन्छ तर घुर धेरै ताप्दा तत्कालका लागि जाडो कम भएपनि पछि स्वास प्रश्वासमा समस्या हुने डाक्टरहरुले बताए ।

त्यस्तै बालबालिकालाई उकुसमुकुस हुने गरी कपडा नलगाई दिन र शारीरीक सरसफाई तथा खानपान विशेष ध्यान दिने तथा बासी खाना नखान सुझाव बाल रोग विशेषज्ञ डाक्टर अशोक दासको छ । उनले बच्चा विरामी परिहाले आमाको दुध नख्वाउने जस्ता गलत मानसिकतालाई त्याग्नुपर्ने धारण ब्यक्त गर्छन् । उनको भनाई अनुसार आमाको दुधबाट बच्चालाई सबै भन्दा बढी पौष्टिक तत्व र रोग प्रतीरोधात्मक शक्तिसंग लड्न सक्ने क्षमता प्राप्त हुने हुनाले आमाको दुध जन्मेदेखी दुई वर्ष सम्मको बच्चालाई ख्वाईराख्नुपर्ने हुन्छ ।

तराईको प्राय सबै जसो जिल्लाहरुमा सदरमुकाम देखी ग्रामीण भेगको स्वास्थ्य संस्थासम्म विरामीको चाप बढेको चिकित्सकहरु बताउँछन् । वीरगञ्ज स्थित नारायणी उपक्षेत्रीय अस्पतालका साथै निजी अस्पतालहरु, बाराको कलैया जिल्ला अस्पताल र रौतहट जिल्लाका अस्पतालहरुमा पनि चिसोबाट ग्रसित बालबालिका तथा वृद्धावृद्धाहरु नै बढी मात्रामा विरामी भएर आउने गरेको डाक्टरहरुले बताए ।  

तपाईको प्रतिक्रिया

अन्तराष्ट्रिय

१३ सन्तानलाई चेन र तालाले बाँधेर राख्ने आमा बुवा पक्राउ

१३ सन्तानलाई चेन र तालाले बाँधेर राख्ने आमा बुवा पक्राउ


विचार/ब्लग

नेपाल प्रहरीको उदाउँदो किरण: सर्बेन्द्र खनालको आगामि यात्रा

श्रावन ०५ बिहीवार, हेटौंडा । गृह मन्त्रालयका बढुवा समितिले भर्खरै गरेको एस.एस.पि.को बढुवा सिफारीसमा १५ जना प्रतिस्पर्धीलाई उछिन्दै कार्यसम्पादनको आधारमा डि.आई.जि.को बढुवा सिफारीसमा १ नम्बरमा पर्न सफल हुनु भएको छ ।