भारतबाट सस्तोमा धान भित्रँदा नेपाली किसान मर्कामा

कृषिमा अनुदान दिन माग

   
93   पटक पढिएको

अन्जली चौहान/वीरगंज, २५ पुस ।

भारतबाट सस्तो भाउमा धान आयातमा बृद्धि हुन थालेपछि धान उत्पादन गर्ने नेपाली किसान मर्कामा परेका छन् ।भारतबाट भन्सार कर तिरेर होस् वा अबैध रुपमा चोरी निकासी गरी बिभिन्न नाकाहरुबाट भारतीय धान नेपाल तर्फको बजारमा पुगेपछि नेपाली किसानहरुलाई समस्या हुने गरेको कृषकहरुले गुनासाे गरेका छन् ।

तर नेपाल तर्फको उत्पादीत धानको परिमाणले मात्र माग धान्न सक्ने अवस्था नभएपछि पनि भारतीय धान ल्याउनुपर्ने बाध्यता रहेको चामल उधोगीहरुको भनाई छ । भारतले सन् २०१५ को अक्टोबर २८ देखि भारतबाट नेपाल धान ल्याउन नेपाली आयातकर्तालाई ‘परमिट’ लिनुपर्ने नियम लगाईदिएर झन्झटीलो प्रक्रिया भएपनि भारतीय धान नेपालमा ब्यापक रुपमा आयात हुँदा नेपाली किसानहरु मर्कामा परेको बताएका छन् । भारतमा किसानहरुले कृषिमा अनुदान, आधुनिक उपकरण, खाद लगायत कृषिका हरेक क्षेत्रमा सरकारबाट सहुलियत पाएकोले भारतीय धान सस्तो पाईने तर नेपाली किसानहरुलाई खेतीपातीका लागि विभिन्न समस्यासंग जुद्धै कृषि उत्पादन गर्नुपरे पनि उचित मुल्य नपाउँदा मर्कामा परेको पर्सा सेढवाका हीरालाल साहले गुनासो गरे ।

भारत तर्फको किसानलाई खेतीपातीका लागि आधुनिक विधी अपनाएको तर नेपाल तर्फको खेतीपातीमा अझ पनि नयाँ आधुनिक प्रविधी अपनाउन नसकिएकोले गुणस्तरमा पनि फरक पर्ने गरेको उद्याेगीहरुले बताएका छन् । वीरगंजका खाध्य उद्याेगीका अनुसार नेपाल तर्फको धानले मात्रै माग धान्न नसकेकोले पनि भारतीय धान आयात गर्नुपर्ने अवस्था रहेको छ । तर नेपाल तर्फको धान विक्री नै नभई भारतीय धान आयात गराउँदा किसानसंगै चामल उद्याेगीलाई समेत असर पर्ने भएकोले किसान तथा उद्याेगीलाई मर्का नपर्ने गरी भारतसंग सम्झौता गर्नुपर्ने उद्योग वाणिज्य संघका उपाध्यक्ष सुबोध गुप्ताले बताए ।

भारतीय धानको आयात नेपालमा प्रत्येक वर्ष बढीरहेको तथ्यांकले देखाउँछ । चालु आर्थिक वर्षको साउन देखि मंसिर सम्म पाच महिनाको अवधीमा भारतबाट ७७ करोड २७ लाख ८४ हजार रुपैया मुल्यको तीन करोड २९ लाख ३८ हजार ६ सय ६१ केजी धान वीरगन्ज भित्रिएको वीरगन्ज भन्सार कार्यालयले जनाएको छ । त्यस्तै गत आर्थिक वर्ष २०७३/०७४ मा भने सोही अवधीमा भारतबाट ६४ करोड ६४ लाख १३ हजार रुपैया मुल्यको २ करोड ८१ लाख ८७ हजार ४ सय ९४ केजी धान भारतबाट वीरगन्ज नाका हुँदै नेपाल भित्रिएको थियो । यी बाहेक भन्सार राजश्व छलेर पनि पर्साको ग्रामीण भेगको विभिन्न नाकाबाट दिनहुँ जसो धान भित्रिने गरेको किसानहरु बताउँछन् ।

तपाईको प्रतिक्रिया

अन्तराष्ट्रिय

१३ सन्तानलाई चेन र तालाले बाँधेर राख्ने आमा बुवा पक्राउ

१३ सन्तानलाई चेन र तालाले बाँधेर राख्ने आमा बुवा पक्राउ


विचार/ब्लग

नेपाल प्रहरीको उदाउँदो किरण: सर्बेन्द्र खनालको आगामि यात्रा

श्रावन ०५ बिहीवार, हेटौंडा । गृह मन्त्रालयका बढुवा समितिले भर्खरै गरेको एस.एस.पि.को बढुवा सिफारीसमा १५ जना प्रतिस्पर्धीलाई उछिन्दै कार्यसम्पादनको आधारमा डि.आई.जि.को बढुवा सिफारीसमा १ नम्बरमा पर्न सफल हुनु भएको छ ।