डा.केसीलाई प्रहरी हिरासतमै राख्न बहस सारियाे

   
8   पटक पढिएको

काठमाडाैँ । त्रिवि शिक्षण अस्पतालका प्रा. डा. गोविन्द केसीविरुद्ध परेको अदालतको अवहेलना मुद्दामा आज मंगलबार बहस हुन सकेन ।

सर्वोच्चको आदेशपछि पक्राउ परेका डा. केसीलाई विहान ९ बजे नै अदालतमा उपस्थित गराइएको थियो । न्यायाधीशद्वय ओमप्रकास मिश्र र केदारप्रसाद चालिसेको संयुक्त इजलासमा पेशी तोकिएको थियो ।

तर, सोमबार डा. केसीको बयान मात्र सकिएको छ । बयानका क्रममा केसीले आफूले नभई प्रधानन्यायाधीश गोपाल पराजुलीले अदालतको अवहेलना गरेको भन्दै उनीमाथि छानविन गर्न माग गरेका छन् ।

अधिवक्ता ओमप्रकाश अर्यालका अनुसार बेञ्च भोलिलाई सारिएको छ । डा. केसी आज मंगलबार पनि प्रहरी हिरासतमै रहनेछन् ।

सोमबार राति अनसनस्थलबाट पक्राउ गरिएका डा. केसीलाई सिंहदरबार प्रहरी बृत्तमा राखिएको थियो ।

तपाईको प्रतिक्रिया

अन्तराष्ट्रिय

१३ सन्तानलाई चेन र तालाले बाँधेर राख्ने आमा बुवा पक्राउ

१३ सन्तानलाई चेन र तालाले बाँधेर राख्ने आमा बुवा पक्राउ


विचार/ब्लग

नेपाल प्रहरीको उदाउँदो किरण: सर्बेन्द्र खनालको आगामि यात्रा

श्रावन ०५ बिहीवार, हेटौंडा । गृह मन्त्रालयका बढुवा समितिले भर्खरै गरेको एस.एस.पि.को बढुवा सिफारीसमा १५ जना प्रतिस्पर्धीलाई उछिन्दै कार्यसम्पादनको आधारमा डि.आई.जि.को बढुवा सिफारीसमा १ नम्बरमा पर्न सफल हुनु भएको छ ।